बराहक्षेत्र नगरपालिका वडा नम्बर-७ को दक्षिण पूर्वमा रहेको गाउँ हनुमान झोडामा वर्षामा सधैं नै डुबान हुने गर्दछ । यस वर्ष पनि लगातार ३ दिन देखि भएको अविरल वर्षाका कारण गाउँ जलमग्न भएको छ । डुबान भएको खबर सुन्ना साथ डुबान भएको क्षेत्रमा वडाध्यक्ष कपिल आचार्य स्वयं नै वडा सदस्यहरु धन बहादुर तामाङ र मेघराज राईका साथमा उपस्थित भएर निरीक्षण गरि आफैंले जेसिबी ल्याएर पानीको निकास गराएका छन् ।

20220630_121452

बाटोको दुबै तर्फको नाला जाम भएको र घरमा छिर्नका लागि बनाईएका साना साना पुलका कारण पानी जाम भएको हो । जेसिबीले नाला सफा गरे संगै डुबान भएको गाउँ डुबान मुक्त भएको छ । वडाअध्यक्ष स्वयं नै उपस्थित भएर समस्याको समाधान गरेकोमा गाउँलेहरुले खुशी ब्यक्त गरेका छन् ।