सुनसरीको बराहक्षेत्र नगरपालिकामा शिक्षकका धेरै संघसंगठनहरु छन् । जसमध्ये सबै भन्दा सक्रिय रुपमा अगाडि बढेको संस्था हो नेपाल राष्ट्रिय शिक्षक संगठन , यस संगठनले सामुदायिक विद्यालयका शिक्षकहरुको पेशागत हितका लागि आवाज उठाउदै आइरहेको छ । शुक्रबार बराहक्षेत्र नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख  तथा उपप्रमुख लाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गर्दै सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक, बाल बिकास शिक्षक र विद्यालय कर्मचारीका बारेमा ध्यानाकर्षण पत्र, नगर प्रमुख रमेश कार्कीलाई संगठनका अध्यक्ष खड्ग बहादुर कार्कीले बुझाएका छन् ।

dhyan patra

अध्यक्ष खड्ग बहादुर कार्की  र सचिब सुमन बिकल द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा योग्यता, क्षमता र तहका आधारमा कार्यालयीय कामकाजमा राहत शिक्षकलाई सहयोगी भुमिका निर्वाह गर्न दिईनु पर्ने, बाल बिकास शिक्षक, राहत शिक्षक र विद्यालय कर्मचारीको  संचित बिदा बापतको सुबिधा तथा उपचार खर्च , उपदान , स्थानीय स्तरमा शिक्षा सम्बन्धि कार्यशालाहरुमा प्रतिनिधित्व गराउनु पर्ने , बजेटमा बढेको तलब विद्यालय कर्मचारी र बाल बिकास शिक्षकले पाउनु पर्ने लगायतका १३ बुँदे मागहरु उल्लेख छन् ।

dhyana

नगरपालिकाको सभाहलमा सप्पन्न कार्यक्रममा नगर प्रमुख रमेश कार्की , उपप्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र बहादुर मल्ल, संगठनका निवर्तमान अध्यक्ष चुडामणि खनाल, सरस्वती मा.बि. राजाबासका प्र.अ. इन्द्रबहादुर बस्नेत, राहत शिक्षक समिति नगर अध्यक्ष अनिल गौतम , बाल बिकास शिक्षक समिति नगर अध्यक्ष मेनुका कार्की, विद्यालय कर्मचारी परिषदका नगर अध्यक्ष राजकुमार पौडेल  लगायतको उपस्थिति रहेको थियो ।

20220708_140921

कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष खनालले मेयर कार्की लाई बराहक्षेत्रका विद्यालयहरुमा अनुगमन मात्र नभएर सुपरिवेक्षण गर्न सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै मेयर कार्कीले यस पटकको बजेटमा शिक्षकहरुका समस्यालाई समेट्न नसके पनि हिउँदे अधिवेशनमा समेट्ने बताएका छन् , साथै आफूले काङ्ग्रेस पार्टीबाट निर्वाचन जिते पनि सबै पार्टीलाई समान रुपमा हेर्ने र व्यवहार गर्नेमा ढुक्क हुन समेत आग्रह गरेका छन् । सोही कार्यक्रममा संगठनले माध्यमिक तह प्रथम श्रेणीमा नाम निकाल्न सफल संगठनका निवर्तमान नगर अध्यक्ष चुडामणि खनाललाई सम्मान गरेको छ ।

20220708_141212