इटहरी/ सुनसरीको इटहरी उप-महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले रोग भोक र शोकमा इटहरी सरकार जनतासँगै रहेको बताउनुभएको छ। क्षयरोग बिरामीहरुलाई पोषण सहयोग कार्यक्रममा उप-महानगर प्रमुख पौडेलले यसो भन्नुभएको हो।

शुक्रबार बिहान भएको क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रम अन्तरगतको क्षयरोग बिरामीहरुलाई पोषण सहयोग कार्यक्रममा बोल्दै उप-महानगर प्रमुख पौडेलले क्षयरोग निर्मुल गर्ने काममा उप-महानगर सँगै रहेको बताउनुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उप-महानगर प्रमुख पौडेलले क्षयरोग मामुली रोग भएको भन्दै यसको लागि नियमित औषधि सेवन गर्नुपर्ने बताउनुभयो।

उप-महानगरपालिकाले क्षयरोग बिरामीहरुलाई पोषण सहयोग कार्यक्रममार्फत करिव ५०जनालाई २०केजी चामल, १लिटर तेल, २केजी दाल, २केजी चना, १क्रेट अण्डालगायतका सामाग्री प्रदान गरेको छ। उप-महानगरपालिका भित्र बसोबास गर्ने करिव १५०जनामा क्षयरोग पत्ता लागेको र लक्षण देखिएका अन्यको पनि परिक्षण गरिदै गरेको जनाईएको छ।

कार्यक्रममा उपमहानगर उपप्रमुख संगिता चौधरी, बिभिन्न वडाका सचिवहरुको उपस्थिती थियो।