सुन्दरहरैँचा नगरपालिका ३मा तेश्रो आईतबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरु

  • न्युजडेस्क
  • प्रकाशित मिति: श्रावण १, २०७९

सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा नगरपालिका ३मा तेश्रो आईतबारे खुल्ला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ। स्व.मेनुका राईको स्मृतिमा फुटबल प्रतियोगिता शनिबार शुरु भएको हो।

स्थानीय आइतबारे सेवा समाज र जनकल्याण बाल क्लबको संयुक्त आयोजनामा शनिबार शुरु भएको प्रतियोगिताको नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङले उद्घाटन गर्नुभएको छ। debu dai 1

शनिबार भएको उद्घाटन खेल इटहरीको तालतलैया फुटबल क्लवले जितेको छ। तालतलैयाले लेटाङ्ग फुटबल क्लवलाई ३–१ गोलअन्तरले परराजित गरेको हो।

प्रतियोगितालाई गछिया प्लान्ट, सलोनि वासिङ्ग प्लान्ट प्रा.लि.,सुमन हेयर कटिङ्ग सैलुन, न्यु गुराँस फर्निचर, गछिया पुष्प कन्ट्रक्सन, संकर सिमेन्ट कंक्रिट उद्योग, पुर्वाञ्चल क्रसर र बोधराज कन्ट्रक्सनले प्रायोजन गरेका छन्। debu dai

सुन्दहरैँचा २का वडाध्यक्ष बिवस प्रधान, वडा नम्बर ३का कार्यबाहक वडा अध्यक्ष निलम अधिकारी वडा सदस्य नारायण प्रसाद भट्टराईलगायत बिभिन्न ब्यक्तिहरु उपस्थित भएको प्रतियोगिता श्रावण ११ गते समापन हुने आयोजकले जनाएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved