बेलका नगरपालिका वडा नम्बर ९ मा रहेको जीवन बिकास लघुबित्त बित्तीय संस्था, रामपुर शाखाले सप्तकोसी बाढी प्रभावित ब्यक्तिहरुको लागि मंगलबार , बराहक्षेत्र-६ को बालसेवा आधारभूत विद्यालयमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न गरेको छ ।

naran bachha

शिविरमा बेलका नगरपालिकाका २ र ३ नम्बर वडा साथै बराहक्षेत्र नगरपालिकाका ६ र ९ नम्बर वडाका १ सय ७० जना बिरामीहरुले नि:शुल्क स्वास्थ सेवा प्राप्त गरेका छन् । शिविरमा मुख तथा अनुहार क्यान्सर, फिजिसियन सेवा, दन्त रोग, प्रेसर तथा सुगर जाँच सेवा , परामर्श सेवा, नि:शुल्क औषधी वितरण सेवा, ओ.पि.डी. लगायतका सेवा उपलब्ध गराइएको जीवन बिकास लघुबित्त बित्तीय संस्था, रामपुर शाखाका प्रमुख नारायण प्रसाद सुबेदीले बताउनु भएको छ ।

naran doc

कार्यक्रममा जीवन बिकासका उदयपुर जिल्ला प्रमुख विश्वास श्रेष्ठको समेत उपस्थिति रहेको थियो । शिविरमा छिन्नमस्ता अस्पताल प्रा.लि. राजबिराजको प्राबिधिक सहयोग रहेको थियो ।