इटहरी/ सुनसरीको इटहरीमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर’ गर्ने भएको छ। एक्सपर्टले सोमबार अपरान्ह इटहरीमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो।

बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले नेपालका प्रमुख शहरहरुमा ‘एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर २०२२ अगष्ट’ गर्न लागेको र सोहि कार्यक्रम अन्तरगर इटहरीमा भाद्र ८ गते बुधवार ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर’ गर्ने एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस इटहरीका प्रवन्ध निर्देशक कमल तिम्सिनाले बताउनुभयो।

‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर’ इटहरीस्थित आफ्नै कार्यालय भवनमा गर्ने आयोजक सँस्थाले जनाएको छ। कार्यक्रममा करिव ५०० देखी १००० विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहने अपेक्षा राखेको एक्सपर्टले जनाएको छ। ‘एक्सपर्ट ग्रान्ड एजुुकेशन फेयर’मा बिदेश अध्ययन गर्न जान चाहने नेपाली बिद्यार्थी र अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाका बिभिन्न बिश्वबिद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासँग प्रत्यक्ष रुपमा सम्वाद गर्न सक्ने जनाईएको छ।

बिगतमा गरिएको यस्ता कार्यक्रमहरुबाट हज्जारौँ बिद्यार्थी लाभान्वित भएका र उनिहरुले विदेशमा आफ्नो अध्ययनको अभिलाषा पुरा गर्न सफल भएको पनि एक्सपर्टले जनाएको छ।

नेपालका प्रमुख २१शहरहरु तथा बिश्वका १३ देशका ५०भन्दा बढी शहरहरुमा शाखाहरु सञ्चालनमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने बिद्यार्थीलाई दुई दशक देखि आधिकारीक र बिश्वसनिय परामर्श प्रदान गर्दै आएको छ।

एक्सपर्टको इटहरी शाखाले १ दशक देखी यस क्षेत्रमा आफ्नो सेवा पुर्‍याउँदै पुर्व क्षेत्रका बिभिन्न स्थानहरुका बिद्यार्थीलाई अष्ट्रेलिया, बेलायत, क्यानडा तथा अमेरिकामा आफ्नो शैक्षिक उन्नयनका लागि सहजिकरण गदै आएको छ।