शिशु ज्योती आधारभूत विद्यालयको फूलबारी संरक्षण समिति द्वारा तीज विशेष कार्यक्रम आयोजना

  • सुमन बिकल
  • प्रकाशित मिति: भदौ ९, २०७९

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ मा अवस्थित श्री शिशु ज्योती आधारभूत विद्यालयमा रहेको फूलबारी संरक्षण समिति द्वारा बिहिबार अभिभावकहरुको उपस्थितिमा तीज विषेश कार्यक्रम सम्पन्न भएको छ ।

sj dan

प्रधानाध्यापक कुमार श्रेष्ठका अनुसार फूलबारी संरक्षण समितिका अध्यक्ष शान्तीराम दाहालको अगुवाइमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।विद्यालयमा अभिभावकहरुको सक्रियता, प्र.अ. तथा शिक्षक स्टाफको लगनशीलताका कारणले नै आज विद्यालय यस्तो राम्रो अवस्थामा आएको युवा शिक्षक डिल्ली तिम्सिनाको भनाइ छ ।

sj hm

विद्यालयमा विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ बाहेक फूलबारी संरक्षण समिति समेत रहेको छ । उक्त समितिकै आयोजनामा आयोजित कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकि नगर उपप्रमुख नन्दकुमारी सुनुवार , शिक्षा शाखाका प्रमुख देवेन्द्र बहादुर मल्ल, शिक्षा अधिकृत उत्तम भारती, प्राविधिक सहायक स्वस्तिका धमला, स्थानीय समाजसेवीहरु बद्रीनाथ घिमिरे, युवराज गौतम, वडा नम्बर-८ का वडाध्यक्ष रोशन खड्का , वडा सदस्य नबिना बि.क., चक्रघट्टी जेसिसकि पूर्व अध्यक्ष मञ्जु आचार्य, बि.ब्य.स. अध्यक्ष खगेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

sj nk

यस्ता कार्यक्रमहरुले आत्मीयता बढाउने अतिथिहरुको भनाइ रहेको थियो । कार्यक्रममा महिला अभिभावकहरुका लागी म्युजिकल चियर, बिस्कुट खाने खेल समेत खेलाइएको थियो । उक्त खेलमा क्रमशः बिमला तिम्सिना र तारा बिष्ट बिजेता हुनु भई नगद रु.१ हजार र रु. ५ सय पुरस्कार प्राप्त गर्नु भयो ।

sj g

कक्षा ८ सम्म संचालित उक्त विद्यालयमा कक्षा-५ सम्म अङ्ग्रेजी माध्यममा पढाई हुन्छ । विद्यार्थीहरु पनि पठन पाठनमा निकै नै अब्बल रहेका छन् । यो विद्यालय बराहक्षेत्रका आधारभूत विद्यालयहरु मध्ये उत्कृष्ट विद्यालयमा पर्दछ ।

sj stu


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved