इटहरी/ बरिष्ठ मानसिक, नशा तथा टाउको रोग बिशेषज्ञ डा.राजन मिश्राले इटहरीमा रहेको बेदान्त हस्पिटलमा सेवा प्रदान गर्नुहुने भएको छ। मिश्राले अव प्रत्येक महिनाको दोश्रो शनिवार बेदान्त हस्पिटलमा सेवा प्रदान गर्नुहुने भएको हो।

लामो समय अगाडिदेखि बिभिन्न अस्पतालमा आबद्ध रहेर मानसिक रोगको उपचार गर्दै आउनुभएका दक्ष, अनुभवी एवं तालिम प्राप्त डा.मिश्राले प्रत्येक महिनाको दोश्रो शनिवार बेदान्त हस्पिटलमा सेवा प्रदान गर्नुहुने हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले बताउनुभयो।

डा.मिश्राले बिराट टिचिङ्ग हस्पिटल बिराटनगरमा सेवा प्रदान गर्दै आउनुभएकोमा अवदेखि इटहरीको वेदान्त हस्पिटलमा सेवा प्रदान गर्नुहुने भएको हो।

२४ सै घन्टा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, फार्मेसी, ल्याब, अपरेसन, प्लाष्टरका सेवाहरु प्रदान गर्दै आएको हस्पिटलले प्रत्येक दिन बिभिन्न रोगका बिशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गर्दै आएको छ।

यी हुन् मानसिक रोगका लक्षण र कारण
– डिप्रेसनका बिरामीमा असामान्य व्यवहार गर्ने ।
– टाउको, नशा, छारेरोग, मृगी लागूऔषध प्रयोग, झर्किने, दिक्क लाग्ने, नकारात्मक सोच बढी आउने, दिमागले राम्रोसँग काम गर्न नसकेको जस्तो लाग्ने, रुन मन लाग्ने, काममा मन नलाग्ने, डिप्रेसन बढ्दै गएमा आत्महत्या गर्ने सोचाई आउने, आफ्नो ख्याल राख्न छाड्ने अर्थात् कुनै कुरामा ध्यान नदिने, एक्लै बस्ने।
– एन्जाईटिका बिरामीमा डर लाग्ने, तर्सिने, बिनाकारण झसङ्ग हुने, शरीरमा कम्पन हुने, श्वास फेर्न गाह्रो हुने, पसिना आउने, निद्रा नपर्ने, छटपटी हुने, कामको बेलामा विभिन्न खालको डर महसुस हुने।
– मानसिक असन्तुलन भएका व्यक्तिमा अत्याधिक रिसाउने, तोडफोड गर्ने, अनावश्यक शंका गर्ने, घमण्ड गर्ने, ठूलो स्वरमा बोल्ने समस्या हुन्छ। रोगको वास्तविकता थाहा नहुने, कानमा कुनै किसिमको आवाज सुन्ने आदि कडा मानसिक रोगका लक्षण हुन्।

निम्न अबस्थामा मानसिक रोग बिशेषज्ञ सँग परामर्श गरौँ।
डिप्रेसन Depression
मन उदास/निरास हुनु,
जाँगर फुर्ती कम हुनु,
केहि गर्न मन नहुनु,
काममा ध्यान नहुनु बिर्सनु,
आत्मबल कम्जोर हुनु,
नकारात्मक सोच आउनु,
आफुँलाई दोशी मान्नु,
बिरक्त लाग्नु,
आत्महत्या गर्ने सोच आउनु,
भोक कम लाग्नु,
निद्रामा समस्या आउनु,
यौन दुर्बलता हुनु,

तनाब Anxiety
मन डराउनु
दुकढुकि हुनु वा बढ्नु,
धेरै पसिना आउनु,
सास फेर्न गाह्रो हुनु,
छाति भारी हुनु,
हातखुट्टा ,शरिर झम्झम गर्नु वा पोल्नु,
वाकवाक लाग्नु,
रिङटा लाग्नु,

छारेरोग Epilepsy
धेरै समय बेहोश हुने,
धेरै समय देखि टाउको दुखिरहनु,
धेरै उपचार गरेर निको नभएको समस्याहरु,

साइकोसिस Psychosis
धेरै बोल्ने,
धेरै झर्किने,
धेरै शंका गर्ने,
धेरै डराउने,
एक्लै बर्बराउने,
एकलै हास्ने,
नभएको आवाज सुन्ने,

यस्तै चुरोट खैनी जाँड रक्सी वा अन्य लागुपदार्थको लत भएमा पनि मानसिक रोग बिशेषज्ञ सँग परामर्श गर्न सकिने हस्पिटलले जनाएको छ।