इटहरी/ सुनसरीको इटहरीमा रहेको तालतलैया फुटबल एकेडेमीले शनिबार बृक्षरोपण गरेको छ। एकेडेमीले बुवाको मुख हेर्ने दिनको अवसर पारेर बृक्षरोपण गरेको हो। _DSC0590

एकेडेमीका कृयाशिल खेलाडी एवं स्थानीयले तालतलैयाको पूर्वतर्फ बिभिन्न प्रजातीका बिरुवा रोपेको स्थानीय आशिक तामाङ्गले पूर्वीखबरलाई बताउनुभयो। यूवालाई वातावरणसँग नजिक बनाउन एवं जनउत्तरदायी बनाउने प्रयास स्वरुप बृक्षरोपण गरिएको तामाङ्गले बताउनुभयो। _DSC0599

बृक्षरोपणमा अमला तित्री, कागती, अम्बक, शिरिस, कपुरलगायत बिभिन्न जातका बिरुवा रोपिएको छ। _DSC0584 05775 _DSC0602