केराबारी/ मोरङ्गको केराबारी ६ स्थित हुरहुरे खोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ। सुनसरीको धरान उप–महानगरपालिका-६ का २३बर्षीय इशान बहादुर कार्की पौडी खेल्ने क्रममा डुबेका हुन्।

बुधबार दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका-६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवेका कार्कीलाई साथीहरुले फेला पारेका थिए।

कार्कीलाई उपचारको लागि आफन्तले धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।