बराहक्षेत्र नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले बराहक्षेत्रका विद्यार्थी र अभिभावकहरु लाई लक्षित गरि विभिन्न सचेतना मुलक अभियान थालेको छ । आ.व.२०७८/७९ देखि नै यो अभियान चलिरहेको छ ।

sh hmni

शाखाले १४ वटा माध्यमिक विद्यालयमा दुर्व्यशन विरुद्धको कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा सकारात्मक सोँचको बारेमा विशेष प्राथमिकता साथ प्रशिक्षण समेत गराइने गरेको शिक्षा अधिकृत उत्तम भारतीले बताउनु भएको छ । आगामी दिनमा बराहक्षेत्रका सबै विद्यालयमा यस्ता कार्यक्रम चलाउने लक्ष्य शाखाको रहेको छ ।

sh tnk

कार्यक्रममा विद्यार्थी र अभिभावकहरुलाई  सहजीकरण भने शाखा प्रमुख देवेन्द्र बहादुर मल्लले गरिरहनु भएको छ ।

sh avi only

यस्तो प्रकारको अभियानबाट विद्यार्थीहरुमा निकै नै सकारात्मक सोँचको बिकास भएको अभिभावकहरुको भनाइ छ ।

sh bk