संखुवासभा एमालेद्धारा प्रतिनिधिसभा उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस

  • न्युजडेस्क
  • प्रकाशित मिति: भदौ २२, २०७९

संखुवासभा / आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि संखुवासभा नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्यका लागि नामहरु सिफरिस गरेको छ। एमाले जिल्ला कमिटी संखुवासभाको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ६ जना नाम सिफारिस गरेको हो।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य तथा संघीय सांसद राजेन्द्रप्रसाद गौतम, अमेरिकाका लागि पूर्व राजदुत डा. अर्जुन कार्की, प्रदेश १ का अध्यक्ष तुलसी न्यौपाने,शेरबहादुर कार्की, छत्रजंग बहादुर कार्की र लेखनाथ बुढाथोकी गरी ६ जनाको जनाको नाम सिफारिस गरेको नेकपा एमाले सङ्खुवासभाका अध्यक्ष जीतबहादुर घिमिरेले जानकारी दिए।

मंगलबार बैठकमा सहमति जुट्न नसकेपछि ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको एमालेले जनाएको छ। स्थायी कमिटी सदस्य गौतम तेस्रो पटक चुनाव लड्न सिफारिसमा परेका हुन्। प्रतिनिधिसभामा सिफारिस भएका डा. कार्की अमेरिकाको राजदुत भईसकेका छन्। त्यस्तै न्यौपाने नेकपा एमाले प्रदेश १ का अध्यक्ष हुन्।

प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ गोमादेवी कटुवाल,चन्द्र बहादुर भारती, प्रेम शाक्य,भीम बहादुर लिंखा वाङदावी भोटे र श्यामसुन्दर शेर्पाका नाम सिफारिस भएको छ। संखुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र रहेका छन्। त्यसैगरि प्रदेशसभा ‘क’ प्रत्यक्षतर्फ भविश्वर गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ। प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ विदुर सुब्बा लिङ्थेप,भरत कुमार खत्री र धनसिंह जिमीको नाम सिफरिस गरेको नेकपा एमाले संखुवासभाले जनाएको छ।

प्रदेशसभा समानुपातिक तर्फ २६ जनाको नाम सिफारिस गरेको एमालेले जनाएको छ। ०७४ को निर्वाचनमा संघ र प्रदेशसभा ‘ख’ एमालेले जितेको थियो। भने प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका पूर्ण प्रसाद राईले जितेका थिए । जिल्ला निर्वाचन कार्यालयमा अनुसार संखुवासभामा १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved