इटहरी/ सुनसरीको इटहरीमा रहेको बेदान्त हस्पिटलले राष्ट्रिय बाल दिवसको अवसर पारेर निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ। हस्पिटलले भोलि बुधबार निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको हो।

भोलि बुधबार सञ्चालन गरिने स्वास्थ्य शिबिरमा बरिष्ठ बाल तथा नवजात शिशु रोग बिशेषज्ञ डा.सुरेशप्रसाद साहले बच्चाहरुको स्वास्थ्य परिक्षण गर्ने हस्पिटलका निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ।

हस्पिटल परिसरमा बिहान ७बजेदेखि शुरु हुने स्वास्थ्य शिविरमा आफ्ना नानीबाबुहरुको स्वास्थ्य परिक्षण गराउदै मौकाको फाईदा उठाउन हस्पिटल निर्देशक श्रेष्ठले अनुरोध गर्नुभएको छ।

स्वास्थ्य शिबिरमा ल्याव सेवा, भिडियो एक्स–रे सेवा, औषधी खरिदमा पनि बिशेष छुटको व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो।