इटहरी/ सुनसरीको इटहरी ३ पुराण चोकमा रहेको आर के हेल्थ केयर प्रा.लि.ले स्थानीय तामाङ्ग टोलमा सञ्चालन गरेको एकदिने निःशुल्क स्वास्थ्य शिबिरमा ३सय ८७जनाको स्वास्थ्य परिक्षण गरिएको छ। स्वास्थ्य शिविरमा बिभिन्न समस्या भएका उनिहरुको स्वास्थ्य परिक्षण गरिएको हो।

इटहरीको उत्तरी क्षेत्रमा रहेको वडा नम्बर ३का स्थानीयबासी सामान्य स्वास्थ्य समस्या भएपनि उपचारका लागि करिव ७ किलोमिटर धाएर इटहरी नै पुग्नुपर्ने बाध्यता थियो। यस्तो बाध्यता अन्त्यका लागि इटहरी ३ मा आर के हेल्थ केयर प्रा.लि.स्थापना गरिएको सञ्चालकले बताएका छन्। fourth one

आरके हेल्थ केयरले इटहरी ३ का करिव ५ सय घरमा सहुलियत कार्ड वितरण गरिसकेको छ। सहुलियत कार्डबाट स्थानीयले सुगर तथा प्रेसरको निशुल्क परिक्षण, इमर्जेन्सी सेवामा ५० प्रतिशत, इसिजीमा ३० प्रतिशत, ल्याव सेवामा ३० प्रतिशत, डिजिटल एक्सरे मा १५ प्रतिशत र भिडियो एक्सरे मा पनि १५ प्रतिशत छुट पाउने भएका छन्। Third one

आरके हेल्थ केयरले इटहरी ३ का सवैलाई सहुलियत कार्ड प्रदान गर्ने र सहुलियत कार्डमार्फत सेवा प्रदान गरिने सञ्चालिका रोमी मण्डलको भनाई छ।

यसैबीच आरके हेल्थ केयरले इटहरी ३का मानबहादुर तामाङ्गको एकबर्ष सम्म निशुल्क उपचार गर्ने भएको छ। रुखबाट लडेर ढाडको समस्या भएका तामाङ्गको एकबर्षसम्म निशुल्क उपचार गरिने भएको हो। Main 2

तामाङ्गको उपचारका लागि शनिबार(आज) सञ्चालन गरिएको स्वास्थ्य शिबिरमा तामाङ्गको परिवारलाई पुर्ण सहुलियत कार्ड प्रदान गरिएको छ।