इटहरी/ सुनसरीको इटहरी ३ सुनौलो टोलमा भएको निशुल्क स्वास्थय शिविरमा १ सय ९७ जनाको स्वास्थ्य परिक्षण गरिएको छ। इटहरी ३ पुराण चोकमा रहेको आर के हेल्थ केयर प्रा.लि.ले सुनौलो टोलमा एकदिने निःशुल्क स्वास्थ्य शिबिरमा सञ्चालन गरेको हो।

स्वास्थ्य शिविरमा बिभिन्न समस्या भएकाहरुको स्वास्थ्य परिक्षण गरिएको र थप उपचार आवश्यक परेकाहरुलाई बिभिन्न स्वास्थ्य सँस्थामा रेफर गरिएको जनाईएको छ। इटहरीको उत्तरी क्षेत्रमा रहेको वडा नम्बर ३का स्थानीयबासी सामान्य स्वास्थ्य समस्या भएपनि उपचारका लागि करिव ७किलोमिटर धाएर इटहरी नै पुग्नुपर्ने बाध्यता बाध्यता अन्त्यका लागि इटहरी ३मा आर के हेल्थ केयर प्रा.लि.स्थापना गरिएको सञ्चालकले बताएका छन्।

आरके हेल्थ केयरले इटहरी ३का करिव ५सय घरमा सहुलियत कार्ड वितरण गरिसकेको छ। सहुलियत कार्डबाट स्थानीयले सुगर तथा प्रेसरको निशुल्क परिक्षण, इमर्जेन्सी सेवामा ५०प्रतिशत, इसिजीमा ३० प्रतिशत, ल्याव सेवामा ३०प्रतिशत, डिजिटल एक्सरे मा १५प्रतिशत र भिडियो एक्सरे मा पनि १५प्रतिशत छुट पाउने भएका छन्। 

आरके हेल्थ केयरले इटहरी ३का सवैलाई सहुलियत कार्ड प्रदान गर्ने र सहुलियत कार्डमार्फत सेवा प्रदान गरिने सञ्चालिका रोमी मण्डलको भनाई छ।