बिराटनगर/ नेकपा एमालेकी नेतृ भगवती चौधरीले नेपाल कृषि प्रधान देश भएकोले कृषिलाई निर्यातमुखी बनाएर जानुपर्ने बताउनुभएको छ। बिराटनगरमा शनिबार कान्तिपुर मिडिया ग्रुपले गरेको कार्यक्रममा चौधरीले त्यसो भन्नुभएको हो। 111

उहाँले कृषि क्षेत्रको बिकास र उत्पादन बढाउन राज्यसँगै नीजि क्षेत्रले पनि सहयोग गर्नुपर्ने बताउनुभयो। पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले तत्कालिन नेकपाको सरकारले आर्थिक क्षेत्रको बिकास गर्न काम गरेको बताउनुभयो।

प्रदेश १ को आर्थिक बिकास गर्न चीन संग पारवहन सन्धी भएर किमाथांकासम्म सडक सञ्जाल पुर्‍याउने काम तत्कालिन सरकारले नै गरेको भन्दै उहाँले ‘किमाथांका सडक निर्माण भएको भए १० लाख पर्यटन भित्य्राउन सकिन्थ्यो, त्यसले प्रदेश १ को आर्थिक श्रोत बढ्ने थियो’ भन्नुभयो। 222

चौधरीले आफु छोटो समय राज्यमन्त्री भएका बेला तराई मधेशका २२वटा जिल्लाका दसगजा क्षेत्रका जनतालाई आर्थिक क्षेत्रसँग जोड्ने गरी सिमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण परियोजना ल्याएपनि कार्यान्वयन गर्न नसकेको बताउनुभयो। ‘परियोजना कार्यान्वयन भएको भए भारतसँग जोडिएका तराईका २२ जिल्लाको खुल्ला बोर्डर समस्या समाधान त हुन्थ्यो नै स्थानीय जनतालाई पनि उत्पादनमा जोड्न सकिन्थ्यो’ चौधरीले भन्नुभयो।

यस्तै, प्रदेश १ को नामाकरणमा संघ र प्रदेशबीच तादम्यता नमिलेकै कारण असफल भएको भन्दै नेतृ चौधरीले नामाकरण गर्ने सवालमा जातीय, क्षेत्रीय, भौगोलिक, ऐतिहासिक पहिचानका बिषयहरु बढि उठेपनि प्रदेश र संघ सरकारले संवोधन गर्न नसकेको बताउनुभयो। उहाँले भन्नुभयो–‘बहुमतका आधारमा भएपनि नामाकरण गरेको भए उचित हुन्थ्यो।’

यस्तै, महिलालाई नेतृत्वमा पुर्‍याउने सवालमा अझैपनि समस्याहरु रहेको चर्चा गर्दै उहाँले कतिपय अवस्थामा महिला पनि आफैं अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो।कार्यक्रममा नेतृ चौधरीसँगै पूर्वमन्त्री डा.मिनेन्द्र रिजाल, १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, उद्योगी महेश जाजूले प्यानल बहस गरेका थिए।