इटहरी/ भनिन्छ मानिसलाई लिन मात्रै आउँछ, दिन भने आउँदैन तर यस कुराको अपबादमा पर्छन इटहरी मिलन चोकका प्रदिप सन्थलिया। पेशाले सन्थलिया ब्यापारी हुन्। उनको इटहरीमा बजाजका सवारी साधन बिक्रि गर्ने अटो सिटी नामको मोटरसाईकल बिक्रि केन्द्र छ।

भारतमा उत्पादन भएर नेपालमा सर्वाधिक बिक्रि हुने पल्सर नामको मोटरसाईकल बेच्छन सन्थलिया। उनै सन्थलियाले १२लाख रुपैँया भन्दा धेरै मुल्य पर्ने टेम्पो प्रहरीलाई निशुल्क दिईसकेका छन्।

सन्थलियाले भाद्र २४गते चालकसहित ९जनाको सिट क्षमता भएको एउटा बिद्युतिय अटो टेम्पो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई हस्तान्तरण गरेका छन्। pradip dai 2

टेम्पो हस्तान्तरण कार्यक्रममा सन्थालियाले प्रहरी नागरीकको निम्ति अहोरात्र खटिएको हुनाले हामी सुरक्षित रहेका छौ भन्दै आगामि दिनहरुमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै रहने बताएका छन्।

टेम्पो ग्रहण पश्चात गिरीले टेम्पो बिशेष गरी आत्महत्या रोकथाम तथा न्युनिकरण अभियानको लागि प्रयोग गरिने साथै प्रहरी गस्ति पेट्रोलिङको लागि पनि परिचालन गरिने बताएका छन्।

सन्थलियाले यसअघि गत फागुनमा पनि एक कार्यक्रमका बीच इलाका प्रहरी कार्यालय इटहरीलाई एउटा ९सिटे टेम्पो हस्तान्तरण गरेका थिए। pradip dai 3

बजाज शोरुम इटहरीद्वारा नेपाल प्रहरीलाई बिद्युतिय टेम्पो हस्तान्तरण