बेलबारी/ मोरङ्गको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं.३ का तीन ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन्। डा.शर्माले नोबेल अस्पतालमार्फत बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरेमा शिविर सञ्चालन गराएका हुन्।

तीन वटै शिविरबाट ५सय ८०जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ। बेलबारी २ मा सञ्चालित शिविरमा नोबेल अस्पतालका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग बिशेषज्ञ प्रा.डा.सिता घिमिरे नेतृत्वको डाक्टरहरुको टोलीले २सय १३जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। शिविरमा ८३जनाको इसीजी, १सय१ जनाको रक्त परिक्षण र ९८जनाको भिडियो एक्सरे गरिएको छ। Photo-1

त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर सुन्दरहरैंचा १०मा सञ्चालन गरिएको शिविरमा १सय ४० जनाको स्वास्थ्य परीक्षण गरिएको छ। जसमध्ये ९६जनाको मुटुको जाँच इको गरिएको छ। शिविरमा नोबेलका मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपालसहितको डाक्टरहरुको टोलीले बिरामीको जाँच गरेको थियो।

पथरीशनिश्चरे ७ मा सञ्चालित शिविरमा २सय २७ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। शिविरमा स्त्रीरोग बिशेषज्ञ डा.मिलुना भुसाल नेतृत्वको डाक्टरहरुको टोलीले ६३ जनाको इसीजी, १ सय १३ जनाको रक्त परीक्षण र ८५जनाको भिडियो एक्सरे गरेको नोबेल अस्पतालकी प्रवन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिनुभयो।

तीनवटै शिविरबाट थप उपचारका लागि १ सय ३४ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ। उनीहरुलाई नोबेलकै गाडीमा अस्पताल लगेर उपचार गरी घर फर्काउने व्यवस्था मिलाइएको छ। डा.शर्माले नै यो सुविधा उपलब्ध गराएका हुन्। Photo-4

डा.शर्माले यो क्षेत्रमा बर्षौ अघिदेखि नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर त्यहाँका जनतालाई स्वास्थ्य उपचारमा ठूलो सहयोग पुर्याउँदै आएका छन्। सामाजिक काममा सक्रिय डा.शर्मालाई अहिले नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारका लागि सिफारिससमेत गरेको छ।