इटहरी/ सुनसरीको इटहरीमा रहेको जनता सममजवादी पार्टी नेपालको प्रदेश नम्बर १ कार्यालयमा शिल्पी बिशेष प्रदेश समितिले तालाबन्दी गरेको छ। समितिले बुधबार बिहान इटहरीस्थित हलगडामा रहेको कार्यालयमा तालाबन्दी गरेको हो।

आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीले समानुपातिक तर्फको बन्दसूची पेश गर्दा दलित बनाईएका शिल्पी समूदायलाई उपेक्षा गरेको, पार्टीमा लामो समयदेखि त्याग, तपस्या र योगदान गरेका ब्यक्तिहरुको घोर अपमान गरेका कारण तालाबन्दी गर्न बाध्य भएको सो समितिका सचिव शशी विश्वकर्माले बताएका छन्।

शिल्पी/ दलित विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश विश्वकर्मा र सचिव शशीकुमार विश्वकर्माद्वारा हस्ताक्षरित बिज्ञप्तिमा कि पार्टीका नेताका श्रीमती, साला, साली, भाञ्जा, भाञ्जी भतिजलगायत आफ्ना आफन्त अनि नेताका वरिपरि रहने, नेतालाई रिझाउने, आर्थिक सहयोग गर्ने ब्यक्ति र तिनका आफन्त, नातागोतालाई बन्दसूचीमा समावेश गरि ईमान्दार, निष्ठावान र योग्य ब्यक्तिहरुलाई पाखा लगाएर घोर अपमान गरेकोप्रति खेद ब्यक्त गर्दछौँ।

बिज्ञप्तीमा शिल्पी बिशेष प्रदेश समितिको बैठकले निर्णय गरि पठाएका नामावलीहरु हटाएर पार्टीमा काहीँ कतै नामै नसुनिएका, नजोडिएका, काम नगरेकाहरुलाई बन्दसूचीमा समावेश गरिनुले समानुपातिक पद्दतिकै उपहास भएको समेत हाम्रो ठहर रहेको र पार्टीको यस किसिमको कदमलाई पार्टीभित्रका शिल्पी/ दलितहरुको आत्मसम्मान माथिको प्रहारका रुपमा विश्लेषण गरिएको छ भनिएको छ।

बिज्ञप्तीमा प्रदेश १ मा ३७ सिट समानुपातिक तर्फ भएको र सिफारिश गरिएका योग्य ब्यक्तिहरु हुँदाहुँदै पनि ३३ सिटका लागि मात्र बन्दसूची पेश गर्नु पार्टीको अर्काे अपराध भएको षुष्टि गर्दछौँ भनिएको छ। बिज्ञप्तीमा यो कार्यप्रति घोर आपत्ति जनाउँदै तालाबन्दी गरिएको ब्यहोरा अवगत गराएको र पार्टीले यो कदम नसच्याए, माफी नमागे र लिखित रुपमा सहमति नगरेसम्म तालाबन्दी नखोल्ने र पार्टीको निर्वाचन गतिविधिलाई प्रभावित पार्नेगरि अरु थप संघर्षका कार्यक्रमहरु अगाढी बढाउने चेतावनी समेत दिईएको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस बिज्ञप्ती : bigyapti