इटहरी/ ६७औँ प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय इटहरीले गरेको रक्तदान कार्यक्रममा ९४ प्रिन्ट रगत संकलन भएको छ। बिहिबार बिहान भएको रक्तदानमा सो परिमाणको रगत संकलन भएको हो।

नेपाल प्रहरी स्थापना भएको दिनको अवसरमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहररी र मातहतका युनिटका अनि जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत ३४ जना प्रहरी र ६० जना सर्वसाधारणले रक्तदान गरेको इटहरी प्रहरीका प्रवक्ता प्रहरी निरिक्षक भिम खड्काले बताउनुभयो।

दुईजना प्रहरी नायव निरिक्षक, ६जना प्रहरी सहायक निरिक्षक, एकजना बरिष्ठ हवल्दार, ७जना प्रहरी हवल्दार, ८जना प्रहरी सहायक हवल्दार र १०जना प्रहरी जवानले रगतदान गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

इटहरीमा कार्यरत अधिकांस प्रहरी कर्मचारीले रक्तदान गर्ने इच्छा राखेपनि बिविध कारणले धेरैले रगतदान गर्न पाएनन्। उनिहरुले मानिसका लागि अत्यावश्यक रगत दान गर्ने इच्छा भएपनि कारणबश दान गर्न नपाउँदा दुखि भएको बताएका छन्।

इप्रका इटहरीले नेपाल रेडक्रस सोसाईटी इटहरीको सहयोगमा रक्तदान कार्यक्रम गरेको हो। कार्यक्रममा इटहरीमा रहेको प्रिमियर ग्लोवल स्कुलले पनि सहयोग गरेको थियो।