बेलबारी/ ‘उहाँले अघिल्लो चुनाव जितेर सिंहदरवार छिर्नुभयो, मैले चुनाव हारेर पनि पुनः गाउँ छिरेँ, जनताको सेवा गरेँ यसपटक जनताको मायाँ पाउँछु भन्ने बिश्वास छ’। यो भनाई हो मोरङ्ग क्षेत्र नम्बर ३बाट गठबन्धनबाट उम्मेद्वार बनेका सुनिल शर्माको।

हुन पनि अघिल्लो निर्वाचनमा बिजयी भएका भानुभक्त ढकाल जनता माझ उत्ति साह्रो घुलमिल बनेका छैनन् मतदातासमक्ष सुनिल शर्माको तुलनामा। शर्माले अघिल्लो निर्वाचनमा हार ब्यहोरे तर हार मानेनन्। जनताको सेवामा रातदिन नभनी निरन्तर लागिरहे। जनताको ब्यथा अनि पिर आफ्नो नै ठानेर निरन्तर सेवामा जुटिरहेका छन्।

नेपाली कांग्रेसका नेता शर्माले २०७४ को निर्वाचनमा मोरङको क्षेत्र नम्बर ३बाट ४० हजार ५ सय ६ मत प्राप्त गर्दै दोश्रो बनेका थिए। त्यहाँ एमालेका भानुभक्त ढकाल ४२ हजार ४ सय १३ मत प्राप्त गरेर निर्वाचित भएका थिए। ढकाल एमाले र माओवादी केन्द्रको तत्कालीन वाम गठबन्धनका उम्मेद्वार बनेका थिए।

यो पटक शर्माले अघिल्लो पटकको हारको बदला लिने तयारीमा छन्। शर्माले मोरङ्ग क्षेत्र नम्बर ३ बासिलाई स्वास्थ्य उपचारमा गरेको सहयोगको उच्च मुल्यांकन हुने गरेको छ। नोबेल अस्पताल बिराटनगरका सञ्चालक शर्माले स्थानीयबासीलाई गरेको सहयोगका कारण यो पटक शर्माले चुनाव जित्ने स्थानीयको बुझाई छ।

शर्माले नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका उनले यस क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सहयोग गरेकाले जनताले समेत मत दिनेमा शर्मा ढुक्क देखिन्छन्। गठबन्धन भएका कारण माओवादी र एकिकृत समाजवादीको पनि भोट जोडिने हुँदा जीत निकाल्न सहज हुने शर्माको भनाई छ।

क्षेत्र नम्बर ३का स्थानीयलाई मासिक करिव ३करोड रुपैँया बराबरको निशुल्क उपचार गराउँदै आएका शर्मालाई उपचारकै गुन तिर्न सो क्षेत्रका मतदाताले भोट हाल्छन् भन्ने कांग्रेस निकटहरु बिश्वस्त छन्।

डाक्टर शर्माले मोरङ्ग क्षेत्र नम्बर ३का ७ सय ५०जनालाई निशुल्क रुपमा अध्ययन गराएका छन्। शर्माले नोबेल मेडिकल कलेजमा मोरङ्ग ३का मुसहर, झाँगड, दलित, आदिबासी, जनजाति समुदायका छात्रछात्रालाई पूर्ण छात्रबृत्रिमा स्टाप नर्स, फार्मेसी, डेन्टल हाईजिनिसलगायतका कोर्षमा अध्यापन गराएका छन्। शर्माले निशुल्क अध्यापन गराएका सो क्षेत्रका एकजना छात्र डाक्टर नै भईसकेका छन्।

यस्ता बिविध समाजसेवाका कारण शर्मालाई मोरङ्ग ३का मतदाताले मत दिनेमा कांग्रेसजन ढुक्क छन्।