इटहरी/ खर्च अभावका कारण मध्यरातमा इटहरी आसपासमा अलपत्र परेकाहरुलाई इटहरीका मेयर हेमकर्ण पौडेलले घर पुग्ने सम्मको व्यवस्था गरिदिएका छन्। मंगलबार राती आर्थिक अभाबको कारण सडक पेटीमा भेटिएका सबिन धिमाललाई पौडेलले खर्च ब्यवस्था गरिदिएका हुन्।

धिमाललाई एक रात इटहरीमा खान बस्नसहित घर पुग्ने व्यक्तिगत खर्च मेयर पौडेलले दिएका हुन्। धिमालले आफु आर्थिक अवस्थाको कारण समस्यामा परेको बेला आफुलाई खर्च दिएको भन्दै मेयरको प्रसंशा गरेका छन्।

मंगलबार १३जनाको उद्दार
इटहरीका सडकबाट सडक मानवहरुलाई उद्दार गर्ने क्रममा मंगलबारको राती १३ जना सडक आश्रीतहरुलाई उद्दार गरिएको छ। १३जना मध्ये तीनजनालाई सुधारकेन्द्रमा, एकजना भ्वाईस अफ चिल्ड्रेनमा र बाँकी ९जनालाई माया घर नेपालमा पठाईएको छ। hp

सोमबार राती पनि १३जनालाई नै सडकबाट उद्दार गरिएको थियो। मानसिक सन्तुलन गुमाएका तथा आफन्त नभएकाहरुलाई उद्दार गर्न इटहरी उपमहानगरले अभियान चलाएको हो।