सुनसरी/ सुनसरीको इटहरी ६का हरिप्रसाद पोख्रेलले आफन्तले नै आफ्नो छोरा गायव बनाएको भन्दै न्याय माग गरेका छन् । पोखरेलका छोरा विवेक पोखरेल अढाई बर्षदेखि वेपत्ता छन् । दुई बर्षदेखि छोरो वेपत्ता भएको र परिवारसँग सम्र्पक नभएको पोखरेलले बताए । उनले छोरोको खोजीका लागि प्रहरीमा समेत निवेदन दिएका छन् ।

पोख्रेलले पूर्वीखबरसँगको कुराकानीमा आफ्नो छोरा बिवेक पोख्रेललाई आफन्तले नै सम्पत्तीको लागि गायव बनाएको गुनासो गरेका छन्।

पोख्रेलले आफ्नो छोरा हराएको हुँदा झिकाउन भन्दै इटहरी उपमहानगरपालिका कार्यालयमा २०७७साल पुष २८गते निवेदन समेत दिएका थिए। उनले छोरा खोजि गरिदिन भन्दै छलफलका लागि निवेदन दिएका हुन्। तत्कालिन समयमा उपमहानगरपालिकामा दिएको निवेदनमा (पूर्वीखवरसँग सुरक्षित) पोख्रेलले आफ्नै दिदि तुलसीदेवी पोख्रेल, बहिनिहरु सावित्रा पोख्रेल(खतिवडा), कृष्णा पोख्रेल(लुईटेल), दुर्गा पोख्रेल(सापकोटा) र सुमित्रा पोख्रेल बिरुद्ध निवेदन दिएको बताए ।

पोख्रेलले दिएको निवेदनमा आफ्नो छोरा वाल्यअवस्था देखि नै हजुरआमासँग बस्दै आएको अनि आफ्नी आमा स्व.मनमाया पोख्रेल तत्कालिन अवस्थामा बृद्दावस्थामा रहेको र बृद्दावस्थामा रेखदेख गर्न सहज होस भनेर छोरालाई आमासँगै राखेको उल्लेख गरेका छन्।

निवेदनमा २०७४साल पौष १८गते इटहरी ६स्थित संगित चोकमा रहेको घरमा निधन भएको र हिन्दुधर्म अनुसार आमाको काजकिरिया गरेको र काजकिरिया पश्चात आफूलाई जवरजस्ती घरबाट निकालेको उल्लेख छ।

उनले भने आमाले घर जग्गा छोरीहरुलाई वकस पास गरिदिनु भएको रहेछ । घर जग्गा वकस पास गरेकाले मलाई घरबाट निकालियो। दिदि बहिनिहरुले गालिगलौच गर्दै अपशब्द प्रयोग गर्दै घर छाड्न बाध्य पारेको अनि यस कार्यमा भिनाजु र ज्वाईहरुको पनि संलग्नता रहेको जिकिर गरेका छन्। आँफु अहिले इटहरी ६स्थित मिलन चोकमा डेरामा बस्दै आएको पोख्रेलको गुनासो छ।

पोखरेलका छोरा विवेक हजुर आमासँग बस्दै आएका थिए। दुई दाजु भाई ५ जना दिदी बहिनी भएका पोखरेलको अंश बण्डा भएको थियो। अंश बण्डामा आमाको शेषपछि दाजु भाईले आमाको जीउनी बाँडेर खाने उल्लेख छ। अंशबण्डामा उल्लेख भए विपरीत आमाले छोरीहरुलाई घर जग्गा वकसपास गरेपछि पोखरेलको सम्बन्ध बिग्रिएको बुझिएको छ।

हरिप्रसादले आफ्नो छोरा बिदेश तिर पो गयो कि भनेर जिल्ला प्रशासन कार्यालयमा इलाका प्रहरी कार्यालय इटहरीमार्फत राहदानी(पासपोर्ट) जारी भएको छ छैन भनेर निवेदन दिएकोमा जिल्ला प्रशासनले पनि राहदानी जारी नभएको जवाफ दिएको छ। (जवाफ पत्र सुरक्षित)

हरिप्रसादले निवेदन दिए पश्चात आफ्ना आफन्तले कसैको छोराछोरी खोज्ने ठेक्का नलिएको भन्ने गैरजिम्मेवार जवाफ दिएको, गुण्डा लगाउने धम्की दिएको बताए ।

इटहरी उपमहानगरपालिकाको न्यायिक समितिमा भएको छलफलमा आफन्तले नै तेरो छोरो मैले पाईदिनु भनेर गैर जिम्मेवार जवाफ दिएको भन्दै गुनासो गरेका छन्।

यस बिषयमा पोख्रेलका बहिनि ज्वाई कृष्ण सापकोटालाई पूर्वीखबरले सोध्दा यस बिषयमा कुनै सत्यता नभएको बताएका छन्। सापकोटाले भने ‘उहाँले लगाएको आरोप मिथ्या हो यसमा कुनै सत्यता छैन’।

(फोटो क्याप्सन :परिवारबाट सम्पर्क बिहिन भएका बिवेक पोख्रेल)