इटहरी । संघर्ष र अथक मेहनत गर्न सके स्वोदेशमै सुन फलाउन सकिन्छ भन्ने जलन्त उदाहरण हुन मोरङ ग्रामथान गाउपालिका ७ का यादव ढकाल ।हिजोको दिनमा सामान्य जिवन ब्यतित गर्ने ढकाल आज गाउकै समृद्ध कृषक तथा सामाजिक अभियान्ताको नामले प्रशिद्ध छन । बाल्यकालदेखि नै कृषिमा रहेर संघर्ष गर्दै आएका ढकाल अहिले आफ्नै फर्म स्थापना गरी १३० जनालाइ प्रत्यक्ष , अप्रत्यक्ष रोजगार दिदै आएका छन ।

जयकपती कृषी फर्म प्राली सञ्चालन गर्दै आएका ढकाल पछिल्लो समय गोठमा रहेका उन्नत जातका गाइ पालनमा व्यस्त देखिएका छन । २७ वर्ष अघी देखि नै कृषि पेशामा आवद्ध रहेका ढकालको फर्ममा ११५ वटा उन्नत जातका गाइ र बाछाबाछी रहेका छन । करीब ८ बिगाहा जमिनमा चौपायाकालागी बिभिन्न जातीका घासहरू पनि उत्पादन गर्दै आएका छन । प्रदेश एकमा सबैभन्दा बढी दुध उत्पादन गर्ने कृषकहरूको सुचीमा उनी पहिलो नम्बरमा पर्छन ।

दुध उत्पादनबाटै उनले बार्षिक ४० देखि ५० लाख सम्मको कारोबार गर्दै आएको ढकाल बताउछन । दुध उत्पादनमा उल्लेखनीय भुमीका निर्वाह गरेको र प्रदेश एककै सर्वाेत्कृस्ट कृषकमा छनौट हुदै ढकाल राष्ट्रपती बिद्यादेवी भण्डारीबाट सम्मानित भइसकेका छन । उनलाइ प्रदेश सरकार , लगायत बिभिन्न कृषि संग सम्बन्धित कार्यालयहरूले पनि उत्कृस्ट कृषकको सुचीमा राख्दै सम्मान गरिसकेको छ ।

यतीमात्र नभइ सिंगो गाउपालिकामा रहेका कुल २४ हजार कृषकहरूको एक्लो लिडर बनिसकेका ढकाल एक कुशल नेतृत्वकर्ताको रूपमा पनि चिनिन्छन । मोरङको ग्रमथान गाउपालिकास्थित बनीगामा दुग्ध सहकारी संस्थामा ५ वर्ष प्रबन्धकको भुमिका निर्वाह गरिसकेका ढकाल तरहरास्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा २ कार्काल सञ्चालक समिती सदस्य भइसकेका छन ।

गाउमा रहेका युवावर्गलाइ बिदेश जान नदिन र कृषिमा आवद्ध भए यहि सुन फलाउन सकिन्छ भन्दै उत्प्रेरणा जगाउदै आएका छन । उनको सकरात्मक सन्देशकै कारण गाउका अधिकांस युवाहरू अहिले उनिसंगै कृषि पेसामा आवद्ध रहेका छन । कसैले तरकारी केहिले माछा , र केहिले पशुपालन गरेर आत्मनिर्भर बन्दै आएका छन ।

कृषकहरूले ढकालकै सल्लाह अनुसार चौपाया पाल्न थालेपछि मोरङको ग्रमथान गाउपालिकास्थित बनीगामा दुग्ध सहकारी संस्था अहिले दुध बिक्रि गर्न अन्य क्षेत्रको भर पर्नुपरेको छैन । गाउबाटै पुग्ने दुध संस्थामा आउन थालेपछि अहिले छिमेकि गाउपालिका तथा बाहिरबाट दुध खरिदगर्नुपर्ने र बिक्रि गर्नुपर्ने बाध्यताको अन्त्य भएको बनिगामा दुग्ध सहकारी संस्थाका सञ्चालक समिती सदस्य राधा प्रसाद तिल्मिसिनाले बताए । उक्त सहकारीमा ढकालको फर्मबाट मात्रै दैनिक २ सय ६० लिटर भन्दा बढी दुध आउने गरेको पनि सदस्य तिम्सिनाले बताए ।यता कृषि पेशा अंगाल्दै गर्दा पछिल्लो समय थुप्रै चुनौतीको सामना गर्नु परेको ढकाल बताउछन ।

बैंकले ब्याजदर बढाउनु , कृषकले भनेको समयमा माग गरेजति मल नपाउनु , बिचौलीया हाबी भैदिनु , पशुमा नश्ल सुधार नहुनु , भने जस्तो आहारा , दानाको अभाव देखिने इत्यादी कृषले समस्या भोग्दै आउनुपरेको ढकाल बताउछन । तिनै तहको सरकारले यस बिषयमा गम्भिर भएर सोच्नुपर्ने उनको तर्क छ ।

कामधेनुमा ढकाल नै किन ?

आगामी पुस ३० गते हुन गइरहेको तरहरास्थित कामधेनु दुग्ध विकाश सहकारी संस्थाको २३ औ वार्षिक साधारणसभामा अध्यक्ष पदकालागि यादव ढकालले पनि उममेद्घाारी दिएका छन । कृषकहरुको मुलभुत समस्याहरुलाइ नजिकबाट नियालीसकेका ढकालले ५ वटा एजेन्डा बोकेर मैदानमा निस्किएका छन ।

कृषी क्षेत्रमा बिचौलीयाहरुको अन्त्य गर्ने , कृषकहरुको साथमा रहेर प्रत्यक्ष मार्का तथा चुनौतीहरु सुन्ने र तत्काल सामधान तर्फ लाग्ने , पशु पालक कृषकहरुलाइ बेंक ब्याजदर न्युनिकरणकालागि सम्बन्धित बैंकहरुलाइ सहजकिरण र्गने , पशुमा नश्ल सुधारका अभियानहरु ल्याउने र कृषकहरुलाइ सचेतनामुलक र्कायक्महरु र्गने जस्ता मुख्य एजेन्डा बोकेर ढकाल अघी बढेका छन ।

प्रदेश एकलाइ दुध उत्पादनमा आत्मर्निभर बनाइ कृषकहरुलाइ बिभीन्न अनुदानका र्कायक्रमहरु ल्याइने पनि उनको योजना छ । करीब २० वर्ष देखि कामधेनु दुग्ध विकास सहकारी संस्थामा काम गर्दै आएका ढकालले सहकारी सम्बन्धी सबै नीति नियमहरु पालना गर्दै उत्कृस्ट सदस्य पनि बनीसकेका छन ।

२७ वर्षको कृषक बनेर संगालेको अनुभव २५ वर्ष सम्म प्रत्यक्ष कृषकहरुसंग रहेर पिर मार्का बुझिसकेकोले उनलाइ कामधेनुमा सबैले रुचाएका छन । उनको अनुभव र कार्य दक्षताकै आधारमा सहकारी भित्र पनि उनकै र्चचा चल्दै आएको छ । सहकारीमा रहेका अधिकांस सेयर सदस्यहरुले पनि अहिले नयाँ नेतृत्वमा ढकाललाइ नै चुन्ने बताउदै आएका छन ।