बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ चक्रघट्टीमा रहेको महेन्द्र माध्यमिक बिद्यालयको ६६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम दहालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की रहनु भएको थियो ।

327335659_1251552698770123_3731647175448309790_n

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख कार्कीले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा बराहक्षेत्र नगरपालिका र आफू लागिपर्ने बताउनु भएको थियो ।

327294255_488210626817542_6345182543649922933_n

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका शिक्षा अधिकृत उत्तम राज भारती, विद्यालयका पूर्व अध्यक्ष बद्रीनाथ घिमिरे, अक्षयकोषदाता अजिता बराल साथै बराहक्षेत्रका विद्यालयका प्रधानाध्यापकहरु लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो ।

327378129_2257796684400360_2729741167233736818_n

विद्यालयका प्रधानाध्यापक चण्डीराज पोखरेलले शैक्षिक वर्ष २०७८ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा शिक्षक घनश्याम दहाल, राजकुमार खड्का र सुरक्षागार्ड तुलसीराज श्रेष्ठ लाई सम्मान गरिएको थियो । साथै विद्यालयका संस्थापक, पूर्व शिक्षक, पूर्व अध्यक्ष, उत्कृष्ट अभिभावक तथा उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालका सहायक प्रधानाध्यापक योगेश पोखरेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन शिक्षक दिपक वस्तीले गर्नु भएको थियो ।

327277884_596320865663468_8135451801520616790_n

विद्यालयको प्रधानाध्यापकमा चण्डीराज पोखरेलको आगमन संगै विद्यालयमा निकै नै सुधार आएको अभिभावकहरुको भनाइ थियो ।