बराहक्षेत्र  नगरपालिका वडा नं ७ तित्रीगाछीमा रहेको श्री महेन्द्र मा.वि. ले स्वर्ण जयन्ती मनाउने भएको छ। माघ १२  गते सरस्वती पुजा तथा एकाह पुराण पाठ परायण गरि स्वर्ण जयन्तीको विधिवत आरम्भ गर्दै माघ १९ गते विविध कार्यक्रमको आयोजना गरि समुद्घाटन गरिने विद्यालयका प्रधानाध्यापक फिरोज घिमिरेले मंगलबार प्रेस सम्मेलन गरि जानकारी गराउनु भएको छ ।

327521517_466049145570049_7536599772579558796_n

स्टेज निर्माण, स्मारक निर्माण, एकाह पुराण,अतिथि सम्मान जस्ता विविध कार्यक्रम गरिने हुँदा लगभग ५२ लाख खर्च हुने  अनुमान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मूल समारोह समितिका संयोजक पर्शुराम आचार्यले बताउनु भएको छ ।

327315034_571396794855887_3060402612789297934_n

माघ १३ गते देखि १९ गते सम्म नै हरेक बिहान योग शिविर , १४ गते तित्रीगाछी रन र विज्ञान प्रदर्शनी,१५ गते रक्तदान कार्यक्रम र हाजिरी जवाफ प्रतियोगिता,१६ गते आँखा शिविर र भलिवल प्रतियोगिता,१७ गते स्वास्थ्य शिविर र लोक नृत्य प्रतियोगिता,१८ गते पूर्व विद्यार्थी,शिक्षक पुनर्मिलन,साहित्य गोष्ठी,पत्रकार सम्मान र जेष्ठ नागरिक सम्मान,१९ गते स्वर्ण महोत्सव उद्घाटन तथा दाताहरु सम्मान र झाँकी तथा सांस्कृतिक कार्यक्रम गरि भव्यताकासाथ मनाउन लागेको मूलसमारोह समितिका संयोजक पर्शुराम आचार्यले जानकारी दिनु भयो। स्वर्ण जयन्तीका अवसरमा विद्यालयले स्मारक समेत स्थापना गर्ने भएको छ ।