झापा/ प्रदेश नम्बर १को कृषि, उद्योग तथा सहकारी मन्त्रीमा राप्रपा नेता भक्ती सिटौलाले पद बहाली गर्नुभएको छ। मन्त्री सिटौलाले स्वस्तिवाचनसहित आईतबार पदबहाली गर्र्नुभएको हो।

पद बहालीसँगै सिटौलाले कार्यकक्षमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर समेत राख्नुभएको छ। wwww

सिटौलाले पद बहाली गर्दा स्वस्ति–शान्ती वाचन समेत गरेर सनातन परम्परा अनुसार बिधिवतरुपमा पदबहाली गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।

झापाका बौद्धिक एवम शालीन ब्यक्तित्वका रुपमा चिनिएका सिटौला मन्त्री भएपछि उहाँका क्षेत्रबासी हौसिएका छन्।