इटहरी ।मोरङमा आगामी फागुन ११ गतेदेखि हात्तिपाईले रोग विरुद्धको आम औषधि खुवाउने (एमडिए) अभियान सञ्चालन गरिने भएको छ ।१५ दिन सम्म अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय मोरङले आज जिल्ला स्तरिय योजना तर्जुमा गोष्ठि गरेको छ ।

१७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्य संयोजकहरुको सहभागितमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाईने अभियानलाई टोलस्तर सम्म पु¥याउने बारे छलफल भएको छ । कुल जनसंख्याको ८० प्रतिशत जनसंख्यालाई अभियानमा सहभागि गराउने लक्ष्य सहित अभियान सञ्चालन गरिने बताईएको छ ।

१५ दिने अभियानमा २ वर्षदेखि माथिका, कडा रोग लागेका र गर्भवति बाहेकका व्यक्तिहरुलाई अभियानमा औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

अभियान अन्र्तगत अल्वेन्डाजोल, डाईइथाई, कर्माकाईजीन र आईभरमेक्टिन औषधि खुवाईने स्वास्थ्य कार्यालय मोरङका मलेरिया निरीक्षक राम लामाले बताए । उनले हात्तिपाईले रोग विरुद्धको आम औषधि खुवाउने (एमडिए) अभियानमा सहभागी हुन सवैलाई आग्रह समेत गरेका छन ।