सुनसरी/ सुनसरीको धरान १७स्थित ज्वालामुखी माध्यमिक विद्यालय वातावरण सचेतनासहितको विद्यालय वातावरण सुधार कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार सव डिभिजन वन कार्यालय बिष्णुपादुका धरानले कार्यक्रम गरेको हो।

कार्यक्रममा बिद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत ८५जना भन्दा बढी बिद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रममा बिद्यार्थीवर्गमा वन र वातावरणको महत्वको विषयमा सकारात्मक ज्ञानको विकास गर्दै विद्यार्थीलाई वन, वातावरण, जैविक विविधता, वन्यजन्तु, जलाधार, जलवायु परिवर्तन लगायतका विषयमा सचेतना जगाउने उद्देश्यले वातावरण सचेतनासहितको विद्यालय वातावरण सुधार कार्यक्रम सञ्चालन गरिएको सव डिभिजन वन कार्यालय, बिष्णुपादुका, धरानका कार्यालय प्रमुख विक्रम अमात्यले बताउनुभयो। 2222

कार्यक्रममा वन र यसको महत्व, वन विनाशका कारण र असर, नेपालका संरक्षित वन्यजन्तु, जैविक विविधता र यसको संरक्षण, जलवायु परिवर्तनको अनुकूलन र न्यूनीकरणका उपायहरू लगायतका विषयमा अनुशिक्षण गरिएको थियो।

कार्यक्रममा ज्वालामुखी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर खत्री, शिक्षक अभिभावक संघका सदस्य बिमल पोखरेल, विद्यालयका प्रधानाध्यापक गोपाल थापा, सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मीराम कार्की, पटनाली सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष नगेन्द्र गिरीलगायत विद्यालयका शिक्षक शिक्षिकाको सहभागिता थियो।

१३ सदस्यीय ज्वालामुखी मा.वि. ईको क्लब गठन
वातावरण संरक्षण, प्रकृति र पर्यावरण प्रति बिद्यार्थीलाई सक्रिय बनाई व्यवहार परिवर्तन गर्न र वातावरण संरक्षणमा विद्यार्थीको प्रत्यक्ष सहभागिता गराउने उद्देश्यका साथ सुवास विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय ज्वालामुखी मा.वि. ईको क्लबको गठन गरिएको छ। नवगठित ईको क्लबको उपाध्यक्षमा प्रियंका लिम्बु, सचिवमा विविका राई, कोषाध्यक्ष सृष्टि ढुंगाना र सह–सचिवमा प्रियंका कोईराला चयन भएका छन। 11111

यस्तै क्लबको सदस्यहरूमा आयुष निरौला, निमा दोर्जे तामाङ, अमृता गिरी, करूण थापा, मनिषा वि.क, दिपेश थापा, मञ्जना राई र राजु बस्नेत छन्। क्लबको प्रमुख संरक्षकमा विद्यालयका प्रधानाध्यापक गोपाल थापा र संरक्षक (फोकल पर्सन) मा शिक्षक नगेन्द्र गिरी रहनुभएको सब डिभिजन वन कार्यालय बिष्णुपादुका धरानका कार्यालय प्रमुख विक्रम अमात्यले जानकारी दिनुभएको छ।

क्लबले आगामी दिनमा विद्यालयमा वन र वातारण संरक्षण सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्ने लक्ष्य राखेको छ।