विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी भइरहेको आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ । विराट गोल्डकप शहिद रंगशाला विराटनगरमा चैत ९ गतेबाट  सुरु हुनेछ । फल्ड लाइटमा  खेलाइने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ ।  

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको  प्रतियोगितामा नेपाली र विदेशी टिमको सहभागीतामा हुने छ ।  प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका कार्यकारी निर्देशक सुवाशीश कोइरालाले जानकारी दिएका छन् ।

प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा घरेलु टोलीको रुपमा विराटनगर सिटी एफसी रहेको छ । विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग खेलेको थियो ।

ए डिभजन टोली संकटा क्लब , नेपाल पुलिस क्लब , त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र एफसी र थ्रीस्टार क्लबले विराट  गोल्डकप खेल्नेछन् । २ वटा विदेशी टोलीलाई समावेश गराउने गरि तयारी भइरहेको छ । प्रतियोगिताका लागि विराटनगरको शहिद रंगशाला मर्मतको काम भइरहेको  छ ।