केराबारी/ मोरङ्गको केराबारी ५ स्थित जेनिथ इङ्लिस मिडियम स्कुलले खेलकुद सप्ताह समापन एवं पुरस्कार बितरण कार्यक्रम गरेको छ। स्कुलले सोमबार एक कार्यक्रमका बीच खेलकुद सप्ताह समापन एवं पुरस्कार बितरण कार्यक्रम गरेको हो।

सोमबार भएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १०सम्म अध्ययनरत बिद्यार्थीलाई स्कुलका अध्यक्ष, स्कुलका शेयर होल्डरलगायतले मेडल, ट्रफि र प्रमाण पत्र प्रदान गरेका थिए। winner

कार्यक्रमका अवसरमा केराबारी गाउँपालिकाले सञ्चालन गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तरगत २००मिटर दौड प्रतियोगितामा द्वितीय हुने प्रशान पुलामी मगर र स्कुलको तर्फबाट सहभागिता जनाएर दोश्रो हुने समुहलाई ट्रफि तथा प्रमाण पत्र प्रदान गर्नुका साथै स्कुलका तर्फबाट प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिएको थियो। cover

कार्यक्रममा स्कुलले सञ्चालन गरेको खेलकुद सप्ताह अन्तरगत नर्सरी एलकेजी युकेजी कक्षा १, २को लागि रुमाल लुकाई देखि लिएर बिस्कुट टिप्ने सम्मका खेलमा प्रथम र द्वितीय हुनेहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो। rrrrr

यसैगरी अन्य कक्षामा अध्ययतरत बिद्यार्थीका लागि बिभिन्न दौड प्रतियोगिता, म्युजिकल चियर, लमजम्प, फुटबल, कबड्डीलगायतका प्रतियोगिता सञ्चालन गरेको र बिजेताहरुलाई पुरस्कृत गरिएको थियो।

यस्तै स्कुलले हाउस अफ द इयर हुने हाउसलाई ट्रफि सहित पुरस्कृत गरेको छ। स्कुलले ब्लु हाउसलाई पुरस्कृत गरेको छ। ssss

स्कुल सञ्चालक सँस्था जेनिथ इङ्लिस मिडियम स्कुल मोरङ्ग प्रा.लि.का सञ्चालक समिति अध्यक्ष राकेश राईले अवको ४ बर्ष भित्रमा स्कुलमा कक्षा ११ र १२ सञ्चालन गर्ने लक्ष रहेको पूर्वीखबरसँगको सम्बादमा बताउनुभयो। उहाँले स्कुललाई समय सापेक्ष सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्दता समेत जनाउनुभएको छ। pppp

कार्यक्रममा स्कुलमा अध्ययनरत बिद्यार्थीले बिभिन्न गितमा नृत्यसमेत प्रस्तुत गरेका थिए। dance