खानपानमा गडबडी र खराब जीवनशैलीका कारण मानिसमा मोटोपनाको समस्या तीव्र रूपमा बढिरहेको छ । तौल बढेका कारण तपाईँलाई धेरै गम्भीर समस्या हुनसक्छ । जसका कारण तपाई उच्च रक्तचाप र मधुमेह जस्ता समस्याको सिकार पनि बन्न सक्नुहुन्छ । मानिसहरू तौल घटाउन विभिन्न खालका डाइट र एक्सरसाइज प्लानहरू पछ्याउँछन् ।

 आजको समयमा, बजारमा धेरै प्रकारका सप्लिमेन्टहरू उपलब्ध छन् जसले तौल घटाउने दाबी गर्दछ । तर तिनीहरूको प्रयोग खतरा मुक्त छैन । तर यस्ता सप्लिमेन्ट बाहेक तपाईंको भान्सामा पनि यस्ता चिज पाइन्छन् जसले तौल घटाउन सघाउने गर्छ । तीमध्ये एक हो, बेसार मिसाइएको दूध । बेसार मिसाइएको दूधमा पाइने गुण र पोषक तत्त्वले तौल कम गर्नुका साथै शरीरलाई पर्याप्त पोषण दिने काम गर्छ । आउनुहोस्, यसबारे थप जानकारी लिऔँ ।

तौल कम गर्न बेसार मिसाइएको दूध

बेसार विभिन्न औषधीय गुणले भरिपूर्ण हुन्छ । आयुर्वेदमा यसलाई औषधीको रूपमा पनि प्रयोग गरिन्छ । बेसारमा एन्टी–अक्सिडेन्ट, एन्टी–सेप्टिक र एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जुन शरीरको तौल घटाउनुका साथै धेरै रोग र समस्याहरूको जोखिम कम गर्न पनि उपयोगी मानिन्छ । बेसारमा पाइने यौगिकहरूले शरीरको मेटाबोलिजमलाई पुनरुत्थान गर्न र बोसो जलाउने प्रक्रियालाई गति दिन पनि उपयोगी हुन्छ । सही मात्रामा बेसार मिसाइएको दूधको नियमित सेवनले तौल छिट्टै घटाउन मद्दत गर्छ ।

तौल घटाउन बेसारको दूध यसरी हुन्छ फाइदाजनक

१. एक अनुसन्धानका अनुसार बेसारमा पाइने पोलिफेनोल, कर्क्युमिन कम्पाउण्ड शरीरको मेटाबोलिक इन्फ्लेमेसन बढाउन र सेतो बोसोको तन्तु घटाउन निकै फाइदाजनक हुन्छ । बेसारमा एन्टी ओबेसिटी र एन्टी इन्फ्लेमेटरी गुण हुन्छन् जसले तौल कम गर्न निकै उपयोगी भूमिका निर्वाह गर्छ ।

२. बेसारमा यस्ता गुणहरू पाइन्छ जसले पेटमा पित्तको वृद्धिलाई कम गर्छ । यो शरीरमा रहेको अतिरिक्त बोसो घटाउन र मेटाबोलिजम सुधार गर्न निकै लाभदायी हुन्छ । शरीरको मेटाबोलिजम सुधार हुने भएकोले तौल घट्छ ।

३. बेसारमा पाइने गुण रगतमा चिनीको मात्रा नियन्त्रण गर्न पनि उपयोगी मानिन्छ । यसको सेवनले शरीरमा इन्सुलिन रेजिस्टेन्स पनि नियन्त्रणमा रहन्छ । त्यसैले तपाईंको शरीरको तौल बढ्दैन र शरीरमा अतिरिक्त बोसो बन्ने प्रक्रियालाई नियन्त्रण गर्न पनि फाइदाजनक हुन्छ ।

४. बेसार मिसाइएको दूधमा पाइने गुणहरू शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि धेरै फाइदाजनक हुन्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्दा तपाईँलाई अनावश्यक रोग लाग्दैन र तौल नियन्त्रणमा रहन्छ । 

तौल घटाउन बेसार मिसाइएको दूध कसरी पिउने ?

तौल घटाउन बेसारको दूध जुनसुकै बेला सेवन गर्न सकिन्छ । राति सुत्नुअघि एक गिलास मनतातो दूधमा बेसार मिसाएर नियमित सेवन गर्नाले धेरै फाइदा हुन्छ । यसका साथै बिहानको नास्तामा र दिउँसोको खाजा खाएपछि पनि बेसार मिसाएको दूध सेवन गर्न सकिन्छ । राति खानापछि बेसार हालिएको दूध खाँदा तौल घटाउन र शरीरको मेटाबोलिजम ठिक राख्न धेरै फाइदा हुन्छ ।

बेसार मिसाएको दूधबाहेक बेसार र दालचिनीको चियाको सेवनले पनि तौल घटाउन निकै फाइदाजनक हुन्छ । तर ध्यान राख्नुहोस् कि यदि तपाई मोटोपना बाहेक अन्य कुनै रोग वा समस्याबाट ग्रसित हुनुहुन्छ भने बेसारको दूध सेवन गर्दा सावधानी अपनाउनुहोस् । कुनै समस्या भएमा डाक्टर वा विशेषज्ञलाई सम्पर्क गर्नुहोस् ।