सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर-७ मा रहेको बसन्तऋतु मा.वि.मा बि.स. २०६४ सालमा अध्ययन गरेका विद्यार्थीहरुको समूह SLC Batch-2064 ले ९३ हजार बराबरको बिज्ञान   प्रयोगशालाका सामाग्री र खेलकुदका सामाग्री सहयोग गरेको छ । सोहि समूहका प्रतिनिधि कमल खड्काले उक्त सामाग्रीहरु बुधबार विद्यालयलाई हस्तान्तरण गरेका हुन ।

331243578_744462820298793_4286218745027022211_n

सामाग्री हस्तान्तरण कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष कपिल आचार्य , विद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल घिमिरे लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा बोल्दै समूहका प्रतिनिधि खड्काले आफू पढेको विद्यालयमा यसरी सहयोग गर्न पाउँदा धेरै नै खुशी भएको बताए ।

331198526_1643581649419266_6099185722203765330_n

सहयोगका लागि २०६४ सालका पूर्व विद्यार्थीहरु सारा लिम्बू , ज्ञानेन्द्र अधिकारी , सृजना घिमिरे , सुरज पोखरेल , कोपिला वान्तवा राई , झरना के.सी. , खगेन्द्र पराजुली , आशीष घिमिरे, रोजिना कार्की सुवेदी, बिशाल भट्टराई , रमेश खड्का , मनोज लिम्बू , दिनेश आचार्य, गणेश चौलागाईं , कमल खड्का र सजन कुमार माझीले आर्थिक सहयोग गरेका थिए । यस भन्दा अघि पनि २०६७ सालको ब्याचले सहयोग गरेको प्रधानाध्यापक प्रकाश पोखरेलले जानकारी गराए । पछिल्लो समय बसन्तऋतु मा.बि.को शिक्षणमा निकै नै सुधार भएको अभिभावकहरुको भनाई छ ।