इलाम । प्रहरीले चलाएको विशेष अभियान अन्तर्गत इलाममा चोरीका मोटरसाइकलसहित केहि व्यक्ति पक्राउ परेका छन् ।प्रहरीले पुस र माघ महिनामा चोरी भएका १४ वटा मोटरसाइकल र चोरीमा संलग्न भएको आशंकामा केहीलाई पक्राउ गरेको छ ।

प्रहरी चौकीमार्फत जाँच कडाइ गर्दै मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए । जिल्लाका ग्रामीण क्षेत्रमा पनि मोटरसाइकल चोरीका घटना हुन थालेपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले चोरीमा संलग्न ५ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको जनाएको छ ।