संखुवासभा / संखुुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ६ वाना भाङ्टारमा सिद्धदेवी पाथिभरा माताको प्राणप्रतिष्ठा गरिएको छ। फागुन २१गते मन्दिरमा प्राणप्रतिष्ठा गरिएको हो।

पण्डित खेमनाथ दाहाल नेतृत्वको पण्डितहरुको समुहले विधिवत रुपमा देवीको प्राणप्रतिष्ठा गरेको हो। पहिलो दिन सिद्धदेवी पाथिभरा माता र सिद्धेश्वर महादेवको साथै अन्य देवी देवताहरुको प्राणप्रतिष्ठाको लागि कलश यात्रा गरि सोहि दिन जलवास गराईएको थियो। त्यसपछि अनादी वास, फलादी वास, घिर्तादी वास गर्दै विहिवार विधिवत रुपमा प्राणप्रतिष्ठा गरिएको हो।

सिद्धदेवी पाथिभरा संरक्षण संस्थाले गरेको कार्यक्रममा पाँचखपन नगरपालिका र नगर बाहिरका भक्तजनहरुको उपस्थिति थियो। सिद्धदेवी पाथिभरा माताको मन्दिर हालै सम्पन्न भएसँगै प्राणप्रतिष्ठा कार्यक्रमको गरिएको संस्थाका देवराज पुरीले जानकारी दिनुभयो।

देवीको प्राणप्रतिष्ठापछि पुजारीले दैनिक पुजापाठ गर्ने पुरीको भनाई छ।