सांकेतिक तस्विर

इटहरी/ कोसी राजमार्ग अन्तरगत सुनसरीको इटहरीस्थित पानिपियामा बम जस्तो देखिने शंकाष्पद बस्तु भेटिएको छ।

सो बस्तु बम हुन सक्ने भन्दै नेपाली सेनाले डिस्पोजको तयारी गरिरहेको पूर्वीखवरका बिशेष सम्वाददाता ए. राईले जानकारी दिएका छन्। प्रदेश १ को नाम कोसी प्रदेश नामाकरण गरिएको बिषयमा कोशी नामकरण खारेजी संघर्ष समितिले आज कोसी प्रदेशमा आमहड्ताल आव्हान गरेका छन्।

समितिमा कोसी प्रदेशमा रहेका बिभिन्न जातीय संघ सँस्था एवं प्रदेश स्तरीय दलहरु एवं राष्ट्रिय दलका प्रदेश स्तरीय कमिटिहरु छन्।

आम हड्तालको प्रभाव भने इटहरीमा आम्शिक रुपमा मात्र परेको छ। ट्रक,म्याजिक भ्यान, अटो, सिटिसफारी प्रशस्त रुपमा चलिरहेका छन्। निजी स्कुल, सार्वजनिक बिद्यालयहरु भने खोल्ने कि नखोल्ने भन्ने अलमलमा छन्।