धरानबाट लागूऔषधसहित दुई जना पक्राउ

  • पूर्वीखबर
  • प्रकाशित मिति: फाल्गुन ३०, २०७९

इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–१६ नौलोबस्तीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।ट्रामाडोल १२ हजार २ सय क्याप्सुल र स्पास्पेइन ५ सय ३० क्याप्सुलसहित दुबैलाई आइतबार राति पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा सोही ठाउँका २७ वर्षीय प्रभु साहसहित दुई जना रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved