झापा । वनमा डढेलो नियन्त्रण , जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट बन डढेलो नियन्त्रण सप्ताह शुरु भएको छ ।
डिभिजन वन कार्यालय झापाको आयोजना र मेची शव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा बन डढेलो नियन्त्रण सप्ताह शुरु भएको हो । अभियानको उद्घाटन डिभिजन बन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवन प्रसाद पाठकले गर्नुभयो । 

डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौं, बन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौ, बन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता प्ले कार्डसहित मेचीनगरस्थित प्रगति सामुदायिक बनबाट शुरु गरिएको सचेतना ¥याली चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो । सभामा डिभजन बन कार्यालयका प्रमुख पाठक, मेची शव डिभिजन वन कार्यालय धाइजनका फरेष्टर डिल्लीराम खरेल  , चारआली जेसीजका अध्यक्ष संगीत शिवाकोटी, लायन्सका अध्यक्ष मोहन अधिकारी लगायतले बन क्षेत्रमा हुने डढेलोले पु¥याउने क्षतिका विषयमा बोल्नु भएको थियो ।

साताव्यापी सञ्चालन हुने अभियाको दोस्रो दिन कनकाई सव डिभिजन बन कार्यालय सुरुङ्गामा नियन्त्रित डढेलो लगाउने अभियान सञ्चालन गरिने त्यस्तै ३ गते जलथलस्थित चौकी विरान सामुदायिक वनमा ‘वन क्षेत्रमा हुने ज्वलनशील पदार्थबाट कम्पोष्ट मल बनाउने अभ्यास’ सञ्चालन गरिने छ ।

त्यस्तै गते सुरक्षा निकायबीच वन डढेलो नियन्त्रणम तथा व्यवस्थापन सम्वन्धि अन्तरक्रिय छलफल गरिने , डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि तालिम र चैत सात गते अभियानको समापन गरिने डिभिजन वन कार्यालय झापाकी अधिकृत अञ्जना पुरीले जानकारी दिनुभयो । झापामा रहेका सामुदायिक वन क्षेत्रमा डढेलो नियन्त्रण सम्वन्धि विभिन्न खाले कार्यक्रमको आयोजना गर्दै अभियान सफल बनाइने मेची शव डिभिजन वन कार्यालय धाइजनका फरेष्टर डिल्लीराम खरेल ले बताउनुभयो ।