इटहरी/ चर्च ब्वाइज क्लब काठमाण्डौ सुनसरीको इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ। आईतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लव इटहरीलाई २-०ले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल प्रवेश गरेको हो।

इटहरी रंगशालामा भएको खेलमा चर्च ब्वाइजका तर्फबाट खेलको ४५औं मिनेटमा जर्सी नम्बर १७का आशिष चापागाईंले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। यस्तै खेलको ६१औँ मिनेटमा जर्सी नम्बर ७का मौसम लिम्बुले दोश्रो गोल गरेका थिए। IMG_8862

खेलको ४५औँ मिनेटमा राजा क्लवका खेलाडीले आशिष चापागाँईलाई लडाएपछि पाएको पेनाल्टि टिम क्याप्टेन कब्बु राईले प्रहार गरेको बल राजा क्लवका गोलरक्षक निरोज चौधरीले बचाएका थिए। निरोजको हातबाट फुत्किएको बललाई पुन प्रहार गर्दै आशिषले सुन्दर गोल गरेका थिए। यस्तै ६१औँ मिनेटको गोल भने चर्च ब्वाईजका टिम क्याप्टेन मिलन राईको पासमा मौसम लिम्बूले गोल गरेका थिए।

धेरैपटक गोल गर्ने अवसर पाएपनि आयोजक राजा क्लबले गोल गर्न सकेन ।

आजको खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका जर्सी नम्बर ३२ का खेलाडी प्रशान्त लक्सम घोषित हुँदै नगद १० हजार, मेडल पाए। IMG_8874 लक्समलाई इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक माधव काफ्ले र इटहरी उप-महानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरीले पुरस्कृत गरेका थिए।

भोलिको तेश्रो क्वाटरफाईनल खेल भारतीय टिम कञ्चनजंगा फुटबल क्लव र मच्छिन्द्र फुटबल क्लव काठमाण्डौ बीच हुने छ।

चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र उपबिजेता टिमले ५ लाख रुपैया पुरस्कार पाउने छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गरिनुका साथै बिभिन्न बिधामा उत्कृष्ट हुनेले नगद २० हजार पाउने छन्।

छुटाउनुभएको छ भने यो पनि : क्यामरुनलाई हराउँदै सगरमाथा फुटबल क्लव, इटहरी गोल्डकपको सेमिफाईनलमा