इटहरी/ सगरमाथा युथ क्लव मोरङ्ग सुनसरीको इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको फाईनल प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथाले मच्छिन्द्र फुटबल क्लब काठमाण्डौलाई ३–१ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
इटहरी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा सगरमाथाले गत बर्षको लिग बिजेता समेत रहेको मच्छिन्द्रलाई ३–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो।



सगरमाथाका लागि पहिलो हापमा राजीव लोप्चन, बिदेशी खेलाडी स्टेफिनले गोल गरे भने दोश्रो हाफमा अर्का बिदेशी खेलाडी मेस्सुकेले गोल गरेका थिए। यस्तै मच्छिन्द्रका तर्फबाट एक मात्र सान्त्वना गोल बिदेशी खेलाडी आफिज ओलावालेले फर्काएका थिए।
सगरमाथाका लागि खेल शुरु भएको चौथो मिनेटमा जर्सी नम्बर ११का राजीव लोप्चनले गोल गर्दै खाता खोलेका थिए भने खेलको १२औँ मिनेटमा स्टेफिनले अर्को गोल गर्दै खेललाई २-०को अग्रता दिलाएका थिए। मच्छिन्द्रले पटक पटक प्रयास गरेपनि पहिलो हाफमा सगरमाथाका अगाडी निरिह बनेको थियो।
पहिलो हाफमा २-०मा सकिएकोमा दोस्रो हाफको छैठौँ मिनेटमा सगरमाथाका लागि पुनः मेस्सुकेले गोल गर्दै खेललाई ३-०गोल अन्तरमा पुर्याएका थिए।
मच्छिन्द्रका लागि दोश्रो हाफको ४४ औं मिनेटमा टिम क्याप्टेन अफिज ओलावालेले पेनाल्टिमार्फत सान्त्वना गोल गरेका थिए। पहिलो हापमा सगरमाथाका लागि निरिह प्रायः देखिएको मच्छिन्द्रले पटक पटक अट्याक गरेपनि गोल गर्न सकेन।
आजको खेलको म्यान अफ द म्याच सगरमाथाका स्टेफिन घोषित हुँदै नगद १० हजारसहित ट्रफी हात पारेका थिए।उनलाई सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार गुरागाँई र अण्डरग्राउण्ड ड्राईभिङ सेन्टरका प्रवन्धक बाबुराम प्रधानले पुरस्कृत गरे।
अघिल्लो सँस्करणको बिजेता समेत रहेको सगरमाथा अव भोलि हुने अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज क्लब काठमाण्डौ र त्रिभुवन आर्मी क्लबबाट बिजेता हुने समुहसँग उपाधि कब्जाका लागि शनिबार भिड्ने छ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउने छ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गरिनुका साथै बिभिन्न बिधामा उत्कृष्ट हुनेले नगद २० हजार पाउने छन्।
- यसअघिका खेल छुटाउनुभएको छ भने तपाँईका लागि :-
- मंगलबारको खेल: रोलिङ क्लव झापालाई पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश
- सोमबारको खेल : पाहुना टिम कञ्चनजंगालाई ५-२ले हराउँदै मच्छिन्द्र क्लव सेमिफाईनल प्रवेश
आईतबारको खेल : चर्च ब्वाइज क्लब आयोजकलाई हराउँदै इटहरी गोल्डकपको सेमिफाईनलमा
शनिबारको उद्घाटन खेल : क्यामरुनलाई हराउँदै सगरमाथा फुटबल क्लव, इटहरी गोल्डकपको सेमिफाईनलमा