बैदेशिक शिक्षाको क्षेत्रमा काम गर्दै आएको इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.ले अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, जापान, अमेरिका फिनल्याण्डलगायतका देशहरुमा अध्ययनका लागि बिद्यार्थी पठाउँदै आएको छ। इडेनले पौष २१ गते सुनसरीको धरान र पौष २२ गते इटहरीमा अष्ट्रेलियामा पढन जान चाहने बिद्यार्थीका लागि फ्रि सेमिनार गर्दैछ। धरानमा भोलि हुने सेमिनार इडेनको मुख्य कार्यालय, तमु कम्पेल्क्समा बिहान १० देखि ४ बजेसम्म र इटहरीमा हुने सेमिनार इन्टरनेशनल इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.को कार्यालय आईतबारे रोडमा बिहान १० देखि ४ बजेसम्म हुने छ। सेमिनारको आवश्यक तयारी पुरा भईसकेको छ।

इडन इटहरीले पुष २२ गते आईतबार इटहरीमा गर्न लागेको फ्रि सेमिनारमा अष्ट्रेलियाका १२वटा कलेज तथा बिश्वबिद्यालयहरु ए.टि.एम.सि क्याम्पस, फेडरेसन युनिभर्सिटी, युनिभर्सिटी अफ सन साईन कोष्ट, होटल स्कुल सिड्नी, साउदन क्रस युनिभर्सिटी, हार्वर कलेज, ग्लोवल ईन्टीट्युट, ए.आई.बि.टि कलेज, ई.आई.टी, आई.एच.एम, क्यान्टरवरी टेक्निकल इन्सटिट्युट, सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट र आई.एच.एन.ए.कलेजको सहभागिता रहने छ।

सेमिनारमा आफुले ईच्छा गरेका कलेज र बिश्वबिद्यालयहरुका प्रतिनिधीहरुलाई सिधै प्रश्न गर्न सकिने सुविधा रहेको छ। त्यस्तै आफ्ना शैक्षिक प्रमाण पत्र ल्याएर सहभागी हुने बिद्यार्थीलाई स्पोट एडमिसनको सुविधा पनि रहेको अनि राम्रो शैक्षिक योग्यता भएका बिद्यार्थीले ३० प्रतिशत सम्म छात्रवृत्ति प्राप्त गर्न सक्ने सुविधा रहेको छ।

यसै सन्दर्भमा सेमिनारको बिषयमा केन्द्रित रहेर सेमिनार पश्चात बिद्यार्थीले पाउने सेवा सुबिधा, सेमिनारबाट हुने फाइदा आदि बिषयमा इडन इटहरीका कार्यकारी निर्देशक सुमन काफ्लेसँग एटिएन मिडिया प्रा.लि.द्वारा सञ्चालित पूर्वी खबरका लागि गरिएको कुराकानीको सम्पादित अंश :

इडनले गर्न लागेको सेमिनार कस्तो सेमिनार हो ?
यो सेमिनार अष्ट्रेलियाको प्रतिष्ठित कलेज र बिश्व बिद्यालयहरुको प्रतिनिधिहरुको उपस्थिति रहने महत्वपूर्ण सेमिनार हो। यो अष्ट्रेलिया पढन जान चाहने बिद्यार्थीकोलागि सुनौलो अवसर पनि हो। सेमिनारमा धरान र इटहरीका साथै छेउछाउका ठाउँका बिद्यार्थीलाई अष्ट्रेलिया पढ्न जाँदा चाहिने आवश्यक जानकारी र भविष्यमा पाउन सक्ने अवसरहरुका बारेमा जानकारी पाउने कार्यक्रम हो। बिदेश पढ्न जान चाहने बिद्यार्थीको लागि आवश्यक पर्ने खर्च आदि जानकारी दिलाउन यो सेमिनारमा बैकिंङ बुथको पनि ब्यवस्था गरिएको छ। बैकिङ्ग बुथमा बिद्यार्थीले झेल्नुपर्ने आर्थिक समस्या र समाधानका बिषयको जानकारी पाउन सकिन्छ।

यो सेमिनार कस्ता विद्यार्थीहरुका लागि हो ?
यो सेमिनारले प्लस टु पढिसकेका बिद्यार्थी व्याचलर्स पढ्न र व्याचलर्स पढिसकेकालाई मास्र्टस पढ्न र मास्र्टस पढिसकेकालाई रिसर्च अर्थात बिद्यावारिधि गर्नेहरुलाई लक्षित गरेको छ। समग्रमा हामीसँग प्लस टु देखि पिएचडी सम्म पढ्ने बिषयबस्तु भएका कलेज र बिश्वबिद्यालयहरुको सहभागिता हुनेछ। यसकारण धेरै भन्दा धेरै बिद्यार्थीलाई लाभान्वित गराउने हाम्रो लक्ष्य छ।

स्पोर्ट एडमिसनको व्यवस्था पनि छ रे नि हैन ? सेमिनारमा ?
केही बिश्वबिद्यालय र कलेजहरुले बिद्यार्थीको कागजात हेरेर स्पोट एडमिसनका लागि स्र्पाेट अफर लेटर दिने व्यवस्था गरेको छ त सेमिनारमा।

सेमिनारहरु त भईरहन्छन् तपाँईहरुको सेमिनारमा कत्ति जति बिद्यार्थी आउलान ?
ईडनले करिब १०वटा सेमिनारहरुको गरिसकेको छ। सिमित कलेज र बिश्वबिद्यालयहरुसँग गरिदै आएको सेमिनारलाई यो पटक अझ पृथक बनाउने प्रयास गरेको देखिन्छ। ईडन एकेडेमीले ईटहरीमा १२भन्दा बढी कलेज र बिश्वविद्यालयका नेपाल प्रतिनिधिहरुलाई सहभागी गराएर गर्न लागेको सेपनारलाई भव्य बनाउन लागेको छ. यो सेमिनार पहिले भएका सेमिनारहरुभन्दा फरक र बिद्यार्थीलाई प्रत्यक्ष प्रश्नोत्तर गर्न मिल्ने किसिमको भएको हुँदा चारसय भन्दा धेरै बिद्यार्थी आउने अपेक्षा गरिएको छ।

धरान र इटहरीमा मात्र गर्ने कि अन्तपनि यस्तो फ्रि सेमिनार गर्ने ?
यो पटक धरान र इटहरीमा गर्ने भयौँ अव छिट्टै बिराटनगर र बिर्तामोडमा पनि गर्दै छौँ।

र यो पनि :

इडनले शनिबार धरान र आईतबार इटहरीमा अष्ट्रेलियाका लागि फ्रि सेमिनार गर्ने

सेमिनारमा बिद्यार्थीको सहुलियतका लागि बैकिंङ बुथ पनि राखिने छ : तिगेला