इटहरी/ सुनसरीको इटहरीस्थित बेदान्त हस्पिटलमा बरिष्ठ अन्कोलोजिष्ट बिशेषज्ञ डा.राजिव कुमार देवको सेवा शुरु गरिएको छ। डा.देवले क्यान्सर रोगको उपचार गर्नुहुने भएको हो।

लामो समय देखी बिभिन अस्पतालमा आबद्ध रहेर क्यान्सर रोगको उपचार गर्दै आउनुभएका दक्ष, अनुभवी एवं तालिम प्राप्त बरिष्ठ अन्कोलोजिष्ट बिशेषज्ञ देवको सेवा वेदान्त हस्पिटल इटहरीमा शुरु भएको अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

Dr.Rajeeb Kumar Deo, MBBS, MD (internal medicine) Consultant medical Oncologist को सेवा यहि शुक्रबार अर्थात पर्सिदेखि शुरु हुने श्रेष्ठको भनाई छ।

क्यान्सरको प्रारम्भिक अवस्थामा कुनैपनि लक्षणहरु नदेखिए पनि क्यान्सर बढ्दै गएपछि निम्न लक्षणहरु देखा पर्छन् ।

१) फोक्सोको क्यान्सर हुँदा खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, तौल घट्ने, श्वासप्रश्वास बढ्ने हुन्छ।

२) पाठेघरको मुखमा क्यान्सर हुँदा शुरुमा सानो घाउ देखा पर्छ । श्रीमान्सँग शारिरिक सम्पर्क गर्दा रगत बग्न सक्छ । यसैगरी सेतो र गन्हाउने पानी बग्ने, ढाड दुख्ने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखापर्छन् ।

महिनाबारी रोकिएका प्रौढ महिलाको हकमा पाठेघरबाट रगत बग्यो भने क्यान्सरको आशंका गर्न सकिन्छ । त्यसैगरी महिलालाई स्तन क्यान्सर हुँदा शुरुमा सानो गिर्खा देखिन्छ । चाँडै उपचार भएन भने पछि स्तनभन्दा बाहिर फैलन्छ।

३) मुखको क्यान्सर हुँदा मुखभित्र जिब्रो, गिजा वा गालाको भित्री भागमा सानो घाउ देखिन्छ । शुरुकै अवस्थामा उपचार भएन भने यो बढ्दै जान्छ र मुख बाउन समेत नसकिने हुन्छ । यदि लामो समयसम्म स्वर भासिएको छ भने भोकल कर्ड अर्थात घाँटीमा रहेको आवाज निकाल्ने जालीको क्यान्सर भएको हुन सक्छ । यो कुरा छामेर थाहा पाउन सकिँदैन । घाँटी दुख्ने र ठोस खानेकुरा निल्न नसकिने भयो भने पनि क्यान्सरको आशंका गर्न सकिन्छ ।

४) पेटभित्र आमाशयको क्यान्सर हुँदा ग्याष्ट्रिक भएजस्तै खाना खाएपछि पेट पोल्ने, पेट ढुस्स हुने आदि लक्षण देखिन्छन् । शरीरको तौल घट्दै जाने तथा दिसामा रगत देखिने, रगत बान्ता हुने आदि लक्षण देखिन्छ।

५) स्तन वा स्तनको मुन्टोको आकार–प्रकार परिवर्तन हुने जस्तै(रातोपना, चाउरिएजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरिपरीको छालामा कत्ला निस्केको वा सुन्निएको जस्तो देखिने, स्तनको मुन्टो दुख्नु स्तनमा घाउ निको नहुने, एवं कोठी, मुसा आदीको रंग वा आकारमा अचानक परिवर्तन आउनु,

क्यान्सरको सम्बन्धी समस्या भए अस्पतालमा सम्पर्क गर्न र विशेषज्ञसँग परामर्श लिन अस्पतालका प्रबन्धक निर्देशक इन्द्र श्रेष्ठले अनुरोध समेत गर्नुभएको छ।

यस्तै अस्पतालमा दैनिक रुपमा C-arm machine प्रबिधीबाट भाचिएको हड्डिहरुमा स्टिल वा के(वार राखी अप्रेसन गरिनुका साथै हात खुट्टा भाँचिएको, हात वा खुट्टामा सिन्का बिजेको र मासु पलाएको, नङ गाडिएको जस्ता समस्याको उपचार गरिने श्रेष्ठको भनाई छ।

यस्तै अस्पतालमा दैनिक रुपमा बिभिन्न बिशेषज्ञ सेवा एवं हाडजोर्नी र जेनेरल सर्जरीको अप्रेसन समेत गरिने भएकाले सहज रुपमा सेवा लिन सकिने अनि एमबिबिएस डाक्टरद्वारा २४ सै घण्टा इमर्जेन्सी सेवा प्राप्त गर्न सकिने श्रेष्ठको भनाई छ।

यस्तै हस्पिटलले बैशाख महिनाभर सुनसरी र मोरङ्गका बिभिन्न मेलाहरुमा बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण पनि गरिरहेको छ। मेलाहरुमा स्वास्थ्य समस्या भए त्यहाँ हुने बेदान्तको टोलीमा सम्पर्क गरेर आवश्यक परामर्श एवं सुबिधा लिन सकिने प्रवन्धक श्रेष्ठले बताउनुभयो।

इटहरीस्थित ट्यांग्रा पुल उत्तर रहेको बेदान्त हस्पिटलको सम्पर्क नम्बर ०२५५८७५८४ र मोवाईल नम्बर ९८११३३७१३२ रहेको र कुनै समस्या भए सिधै फोन गर्न सकिने श्रेष्ठले बताउनुभयो।