एसीसी प्रिमियर कप : टस हारेर कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल

  • पूर्वीखबर
  • प्रकाशित मिति: बैशाख १४, २०८०

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आज (बिहीबार) कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा समूह ‘ए’ को खेलमा कतारले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।

समूह ‘ए’ मा ओमान ६ अंकसहित शीर्षस्थानमा छ । नेपाल यसअघि नै ३ खेलबाट ५ अंक जोड्दै सेमिफाइनलमा पुगिसकेको थियो । नेपाल बिहीबार हुने खेलमा कतारलाई पराजित गरेमा समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्नेछ । कतार भने ३ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपालले कतारसँग १५ वर्षपछि ५० ओभरको फर्म्याटको क्रिकेट खेल्न थालेको हो । यसअघि सन् २००८ मा नेपाल र कतार मलेसियाको क्वालालुम्पुरमा एसीसी इलिट ट्रफीमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेल ७५ बल बाँकी रहँदै नेपालले ७ विकेटले जितेको थियो । ट्वान्टी–२० मा भने पछिल्लो पटक विश्वकप छनोटअन्तर्गत सन् २०१९ मा नेपाल र कतार खेलेका थिए । सो खेल भने कतारले ४ विकेटले जितेको थियो ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved