ट्रफीसहित सुतेर क्रिकेटरको ‘सेलिब्रेसन’

  • पूर्वीखबर
  • प्रकाशित मिति: बैशाख २०, २०८०

काठमाडाैं । नेपाली टोलीले यूएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेको छ।यो जितसँगै आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पुगेको छ।त्रिवि क्रिकेट स्टेडियम कीर्तिपुरमा उल्लासमय सेलिब्रेसनपछि नेपाली क्रिकेटरहरु ट्रफीसहित होटल पुगिसकेका छन्।

जहाँ नेपाली कप्तान रोहित पौडेलसहितका क्रिकेटरले एसीसी प्रिमियर कपको ट्रफीसहित सुतेर सेलिब्रेसन गरिरहेका छन्। होटलको बेडमा ट्रफीसहित सुतेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर उनीहरुले आफ्नो खुसी समर्थकहरुसँग साझा गरेका छन्। यसरी ट्रफीसहित सुतेर कप्तान रोहित पौडेलले सबैभन्दा पहिले सेलिब्रेसन गरेको तस्बिर सार्वजनिक गरे।

त्यसपछि करण केसी र सोमपाल कामीले पनि ट्रफीसहित सुतेको फोटो सामाजिक सञ्जालमा साझा गरेर खुसी प्रकट गरेका छन्। गत वर्ष कतारमा भएको विश्वकपपछि अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले यस्तै किसिमको सेलिब्रेसन गरेका थिए।उनले विश्वकप फुटबलको उपाधि जितेपछि प्राप्त सुनौलो रंगको ट्रफीलाई बेडमा सँगै राखेर सुतेको तस्बिर विश्वभर भाइरल भएको थियो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved