अष्ट्रेलियामा मिट एन्ड ग्रेट कार्यक्रम गरिने

  • न्युजडेस्क
  • प्रकाशित मिति: जेठ २, २०८०

अष्ट्रेलिया/ अध्यापनको लागि अष्ट्रेलिया आउने नेपाली बिद्यार्थीले भोग्नुपर्ने चुनौतीहरूको समाधानको लागि मिट एन्ड ग्रेट कार्यक्रम गरिने भएको छ। नव आगन्तुक बिद्यार्थीले अष्ट्रेलिया आएपछि दैनिक भोग्नुपर्ने समस्याहरूलाई समाधान र परामर्श दिने उद्देश्यले पर्थमा रहेका नेपाली बिद्यार्थीले मे २१ तारिकमा कार्यक्रम गर्न लागेका हुन्।

कार्यक्रम पर्थको मोमो प्लानेट ३१५ अल्बानि हाइवे, भिक्टोरिया पार्कमा हुनेछ। कार्यक्रममा पर्थमा नेपाली विद्यार्थीले काम गर्ने वातावरण, अधिकार र दायित्वहरू, बुझाउनु पर्ने कर, श्रमिक क्षतिपूर्ति, ड्राइभिङका नियम र माइग्रेसन सम्बन्धी ज्ञान प्रदान गरिने कार्यक्रमका संयोजक मनिष सिग्देलले जानकारी दिनुभयो।

कार्यक्रममा उपस्थित बिद्यार्थीलाई रिफ्रेसमेन्ट समेत गराइने सिग्देलले बताउनुभयो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved