इटहरी । केहि दिन यता बढेकाे अत्याधिक गर्मिका कारण काेशि प्रदेशमा जनजिवन प्रभावित बनेकाे छ भने सबै पालिकाहरूले सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएकाे छ । काेशी प्रदेशमा रहेका १४ जिल्लामा सबै पालिकाहरूले आ –आफ्नाे क्षेत्रमा सञ्चालन भएका सामुदायिक बिद्यालयहरूलाइ एक साता बिदा दिइएकाे हाे ।

अधिकांश पालिकाहरूले तिन दिन बिद्यालय बन्द गर्न अनुराेध गरेपनि केहिले भने एक साता बन्द गर्न अनुराेध गरेका हुन । सुनसरीकाे इनरूवा नगरपालीकाले मातहतमा रहेका सबै बिद्यालयहरूलाइ एक साता बिदा दिइएकाे हाे । त्यस्तै इटहरी उपमहानगरपालिकाले तिन दिन बिद्यालय बिदा दिएकाे छ ।पालिकाहरूले गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउन वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको बताइएकाे छ ।

प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएकाले जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

अहिले सञ्चालन भइरहेका परीक्षामा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको सुवेदीले बताए । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।