झापा । भारत र नेपाल बीच भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्न समझदारी भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालमा दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउने समझदारी भएको हो ।

नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उहाँका समकक्षी हर्दिप सिंह पुरीले समझदारीमा हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निमार्ण गरिने छ भने भारतले चारआलीमा पेट्रोलियम भण्डारण डिपो पनि बनाउने छ ।

त्यस्तै अमलेखगञ्ज सम्म रहेको हालको पेट्रोलियम पाइपलाइन विस्तार गरेर चितवनको लोथर सम्म पुर्याइने छ । यी तीन परियोजनाको कुल लगानी १७ अर्ब रुपैयाँ भन्दा बढी हुने जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदी उपस्थितिमा समझदारीमा हस्ताक्षर भएको हो ।