काठमाडाैं । १९८१ जुन ६। बिहार नजिकै बदला-धमरा घाट बीचमा रहेको बागमती नदीमा यात्रुवाहक रेल खस्यो। उक्त रेल दुर्घटना भारतीय रेल इतिहासकै सबैभन्दा ठूलो मानिन्छ। उक्त दुर्घटनामा ८ सय जनाले ज्यान गुमाएका थिए, १ हजारभन्दा बढी घाइते भएका थिए। यद्यपि, उक्त संख्याको पहिचान खुले पनि मृतकको संख्या त्योभन्दा बढी भएको अनुमान गरिन्छ।

विशाल आँधीका कारण रेलका ९ वटा डिब्बा नदीमा खसेका थिए। जसमध्ये ७ वटा डिब्बा लामो समयसम्म फेला पनि परेका थिएनन्, पछि तिनका केही टुक्राटाक्री भेटिएका थिए।उक्त घटना इतिहासमै विश्वकै दोस्रो ठूलो रेल दुर्घटना थियो। श्रीलंकामा सन् २००४ मा १७ सय जनाभन्दा बढीको मृत्यु हुनेगरी भएको रेल दुर्घटना हालसम्मकै ठूलो हो।

शुक्रबार ओडिशाको बालासोरमा भएको भयानक रेल दुर्घटना भारतमा सन् १९८१कै ठूलो हो। जसमा हालसम्म २३७ जनाको मृत्यु भइसकेको छ। ओडिशाका मुख्य सचिव प्रदीप जेनाले दुर्घटनामा ९ सय जनाभन्दा बढी घाइते भएको जानकारी दिएका छन्।

सन् १९८१ मा भएको सबैभन्दा ठूलो रेल दुर्घटनापछि भारतमा ४२ वर्षमा ठूलो संख्यामा मृत्यु हुनेगरी ३३ वटा दुर्घटना भएका छन्। बीबीसी हिन्दी का अनुसार ती दुर्घटनामा ३ हजार ९३ जनाको मृत्यु भएको पुष्टि भएको छ। 

यी हुन् भारतमा भएका ठूला रेल दुर्घटना 

-२ जुन २०२३ : ओडिशाको बालासोर रेल दुर्घटना। हालसम्म २३७ जनाको मृत्यु पुष्टि भएकोमा ९ सयभन्दा बढी घाइते।-२२ जनवरी २०१७ : आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा हिराखण्ड एक्सप्रेसका आठवटा डिब्बा पटरीबाट खस्दा करिब ३९ जनाको मृत्यु भएको थियो।

-२० नोभेम्बर २०१६ : कानपुरनजिकै पुर्ख्यनमा भएको रेल दुर्घटनामा कम्तीमा १५० जनाको मृत्यु भयो। पटना–इन्दौर एक्सप्रेसका १४ डिब्बा पटरीबाट खसेका छन् ।-२० मार्च २०१५: देहरादूनबाट वाराणसी जाँदै गरेको जनता एक्सप्रेस  पटरीबाट रेल खस्दा ३४ जनाको मृत्यु भएको थियो।

-४ मे २०१४: नागोठाने र रोहा स्टेशनबीच दिवा सावन्तवाडी यात्रुवाहक रेल पटरीबाट खस्दा २० जनाको ज्यान गएको थियो भने १०० जना घाइते भएका थिए।-२८ डिसेम्बर २०१३ : बैंगलोर-नान्देड एक्सप्रेस रेलमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको थियो।-१९ अगस्ट २०१३   बिहारको खगरिया जिल्लामा राज्यरानी एक्सप्रेसको ठक्करबाट २८ जनाको ज्यान गएको थियो।

-३० जुलाई २०१२ : भारतीय रेल दुर्घटनामा सबैभन्दा खराब वर्ष २०१२ थियो। उक्त वर्ष भारतमा १४ वटा रेल दुर्घटना भएका थिए। उक्त वर्ष ३० जुलाईमा नेल्लोर नजिकै दिल्ली-चेन्नई तमिलनाडु एक्सप्रेसको एउटा कोचमा भएको आगलागी सबैभन्दा ठूलो थियो। उक्त दुर्घटनामा ३० जनाको मृत्यु पुष्टि भएको थियो। 

-०७ जुलाई २०११ : उत्तर प्रदेशमा रेल र बस ठोक्किँदा ३८ जनाको मृत्यु भएको थियो।

-२० सेप्टेम्बर २०१० : ग्वालियर इन्टरसिटी एक्सप्रेस मध्य प्रदेशको शिवपुरीमा मालगाडीसँग ठोक्कियो। यस दुर्घटनामा ३३ जनाको ज्यान जानुका साथै १६० भन्दा बढी घाइते भएका थिए।

-१९ जुलाई २०१० : उत्तर बंगा एक्सप्रेस र वनञ्चल एक्सप्रेस पश्चिम बंगालमा ठोक्किँदा ६२ जनाको मृत्यु भएको थियो। १५० भन्दा बढी घाइते भएका थिए।

-२८ मे २०१० : पश्चिम बंगालमा भारतीय माओवादीको हमालामा ज्ञानेश्वरी एक्सप्रेस पटरीबाट खस्यो, जसमा १७० जना मारिएका थिए।

-अक्टोबर २१, २००९ : गोवा एक्सप्रेसको इन्जिन उत्तर प्रदेशको मथुरा नजिकै मेवाड एक्सप्रेसको अन्तिम बोगीसँग ठोक्कियो। उक्त घटनामा २२ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए ।

-१४ फेब्रुअरी २००९ : रेल बजेट दिवसको दिन थियो। हावडाबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसका १४ डिब्बा ओडिशाको जाजपुर रेलवे स्टेशन नजिक पटरीबाट खसे। दुर्घटनामा १६ जनाको मृत्यु र ५० जना घाइते भएका थिए।

-अगस्ट २००८ : सिकन्दराबादबाट काकीनाडा जाँदै गरेको गौतमी एक्सप्रेसमा राति अबेर राती आगलागी भयो। जसका कारण ३२ जनाको ज्यान गएकोमा धेरै घाइते भएका थिए।

-२१ अप्रिल २००५ : गुजरातको वडोदरा नजिक साबरमती एक्सप्रेस र एक मालगाडी बीचको ठक्करमा कम्तिमा १७ जनाको मृत्यु र ८६ जना घाइते भएका थिए। 

-फेब्रुअरी २००५ : महाराष्ट्रमा रेल र ट्रयाक्टरको ठक्करबाट कम्तीमा ५० जनाको मृत्यु भएको थियो।

-जुन, २००३ : महाराष्ट्रमा भएको रेल दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो।

-२ जुलाई २००३ : आन्ध्र प्रदेशको हैदरावादबाट १२० किलोमिटर टाढा वारङ्गलको ओभरब्रिजमुनि गोलकोन्डा एक्सप्रेसका दुईवटा डिब्बा र इन्जिन सडकमा खसे। उक्त दुर्घटनामा २१ जनाको मृत्यु भयो।

-१५ मे १००३ : पञ्जाबको लुधियाना नजिकै फ्रन्टियर रेलमा आगो लाग्दा कम्तीमा १३ जनाको मृत्यु भएको थियो।

-९ सेप्टेम्बर २००२ : हावडाबाट नयाँ दिल्ली जाँदै गरेको राजधानी एक्सप्रेस दुर्घटना हुँदा १२० जनाको मृत्यु भएको थियो ।

-२२ जुन २००१ : मंगलोर-चेन्नई रेल केरलाको कादलुन्डी नदीमा खस्दा ५९ जनाको मृत्यु भएको थियो।

-२१ मे २००१ : उत्तर प्रदेशको रेलवे क्रसिङमा रोकिएको बससँग रेल ठोक्किँदा ३१ जनाको मृत्यु भएको थियो।

-२ डिसेम्बर २००० : कोलकाताबाट अमृतसर जाँदै गरेको हावडा रेल, दिल्ली जाँदै गरेको मालगाडीसँग ठोक्किँदा ४४ जनाको मृत्यु र १४० जना घाइते भएका थिए।

-३ अगस्ट १९९९ : दिल्ली जाँदै गरेको ब्रह्मपुत्र रेल पश्चिम बंगालको गासलमा अवधअसम एक्सप्रेससँग ठोक्किँदा २८५ को मृत्यु र ३१२ घाइते भएका थिए। 

-२६ नोभेम्बर १९९८ : पञ्जाबको खन्नामा फ्रन्टियर मेल सियालदह एक्सप्रेससँग ठोक्किँदा १०८ जनाको मृत्यु र १२० जना घाइते भएका थिए।

-१४ सेप्टेम्बर : १९९७ : अहमदाबाद-हावडा एक्सप्रेस छत्तीसगढको बिलासपुरमा नदीमा खस्दा ८१ जनाको मृत्यु र १०० जना घाइते भए।

-१८ अप्रिल १९९६ : दक्षिण केरलामा एर्नाकुलम एक्सप्रेस बससँग ठोक्किँदा ३५ जनाको मृत्यु ५० जना घाइते भएका थिए।

‍-२० अगस्त १९९५ : नयाँदिल्ली जाँदै गरेको पुरुषोत्तम एक्सप्रेस उत्तर प्रदेशको फिरोजाबादमा कालिन्दी एक्सप्रेससँग ठोक्किँदा २५० को मृत्यु र सो संख्याभन्दा बढी घाइते भएका थिए।

-२१ डिसेम्बर १९९३ : कोटा-बिना एक्सप्रेस राजस्थानमा मालगाडीसँग ठोक्किएको थियो। जसमा ७१ जनाको मृत्यु भएकोमा धेरै घाइते भएका थिए।

-१६ अप्रिल १९९० : पटनानजिकै रेलमा आगलागी हुँदा ७० जनाको मृत्यु भएको थियो।

-२३ फेब्रुअरी १९८५ : राजनन्दगाउँमा यात्रुवाहक रेलका दुई डिब्बामा आगलागी हुँदा ५० जनाको मृत्यु भएको थियो।

-६ जुन १९८१ : बिहारमा आँधीका कारण रेल नदीमा खसेको थियो। जसमा ८ सयको मृत्यु भएको पुष्टि भएको थियो। १ हजार भन्दा बढी घाइते भएका थिए।