फिल्मी क्षेत्रमा फर्किँदै नम्रता

  • पूर्वीखबर
  • प्रकाशित मिति: जेठ २२, २०८०

नेपाली फिल्म उद्योगमा अब्बल अभिनेत्रीको परिचय बनाएकी कलाकार हुन् नम्रता श्रेष्ठ।हरेक चरित्रमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्ने यी अभिनेत्री केहीयता फिल्मी पर्दामा देखिएकी छैनन्। नम्रतालाई उनका दर्शकले पर्दामा नदेखेको पनि ४ वर्ष समय बित्यो। यो ४ वर्षको समयमा अन्य नायिका जस्तो नम्रता सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा पनि खासै देखा परिनन्। 

पछिल्लो समय नम्रता ‘जाइरा’मा देखिएकी नम्रता त्यसयता पर्दामा देखिएकी छैनन्। खासमा यो फिल्म बक्स अफिसमा असफल भएपछि नम्रता अन्य फिल्ममा जोडिनन्। वैशाखमा रिलिज भएको फिल्म ‘प्रसाद २’मा सुरुमा अनुबन्धित भएकी नम्रताले निर्माण टिमको लफडापछि फिल्म छोडिन्।

नम्रताको पर्खाइ बसेका उनका फ्यानलाई अब भने नम्रताले सम्बोधन गर्ने भएकी छिन्।नम्रता फिल्म ‘ह्यासट्याग माया’ मार्फत् पर्दामा फर्किँदै छिन्। फिल्मको छायांकन सुरु भइसकेको छ। ४५ दिनको छायांकन सेड्युल रहेको फिल्ममा नम्रतालाई सारुक ताम्राकार, रोयादिप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह लगायतका कलाकारले साथ दिने छन्। फिल्मलाई राजीव गुरुङले निर्देशन गरिरहेका छन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved