एमाले भित्र ब्यापक जिम्मेवार हेरफेर : काेशी प्रदेशका सबै जिल्लामा फेरीए इञ्चार्ज , कुन जिल्लामा कस्काे नेतृत्व ?

  • पूर्वीखबर
  • प्रकाशित मिति: जेठ २२, २०८०

इटहरी ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेशका सबै जिल्ला ईञ्चार्ज हेरफेर गरेको छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले प्रदेशसहित सबै जिल्ला ईञ्चार्ज फेर्ने निर्णय लिएको हो।

एमालेले राजेन्द्र गौतमलाई प्रचार विभाग प्रमुखमा लगेपछि कोशी प्रदेश ईञ्चार्जमा केन्द्रीय सचिव रघुवीर महासेठलाई लगिएको छ।प्रदेश इन्चार्ज हेरफेर गरेसँगै एमालेले जिल्ला इन्चार्ज पनि फेरेको हो। एमालेले मोरङ जिल्ला इन्चार्जमा स्थायी कमिटी सदस्य हिक्मत कार्कीलाई जिम्मेवार दिएकाे छ भने सुनसरीमा शेरधन राइलाइ दिएकाे छ । यस अघि माेरङकि इञ्चार्ज  डा. शिवमाया तुम्बाहाङ्फेलाई इलाम जिल्ला इन्चार्ज बनाएको छ।

त्यस्तै  झापामा विशाल भट्टराई, सोलुखुम्बुमा किशोर अधिकारी, ओखलढुंगामा खगेन्द्र राई, खोटाङमा राजेन्द्रकुमार राई, संखुवासभामा जीवन घिमिरे, उदयरपुरमा पर्शुराममेघी गुरुङलाई ईञ्चार्ज बनाएको छ। बैठकले भोजपुरमा रविन कोइराला, तेह्रथुममा टंक आङबुहाङ, सुनसरीमा शेरधन राई, धनकुटामा विनोद ढकाल, ताप्लेजुङमा वसन्तकुमार नेम्वाङ र पाँचथरमा तिलकुमार मेन्याङ्बोलाई जिल्ला ईञ्चार्ज बनाएको छ। 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved